Logo
Logo

कांग्रेस बागमती संसदीय दलको नेता बहादुरसिंह निर्वाचित


4.2k
Shares

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित भएका छन् । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै उनी दलको नेता चयन भएका हुन् ।

सर्वसम्मतरूपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा उनले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरेएका थिए । बानियाँ यसअघिको सरकारमा पनि दलको नेता थिए । मतदानमा ३७ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्