Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

बालुवटारबाट देउवा बाहिरगमनदेखि नेप्सेमा पहिरोसम्म


3k
Shares

१, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको ३ दिनपछि बालुवाटार सरे, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास छाडेपछि बालुवाटारमा प्रचण्डको इन्ट्री, बालुवाटारको सरकारी निवासको चाबी गंगा दाहाललाई हस्तान्तरण ।


२, कोभिड–१९ विरुद्धको बुस्टर डोज दिनका लागि ३० लाख डोज फाइजर खोप ल्याउने सरकारको तयारी, कोभ्याक्स सुविधामार्फत ३० लाख डोज खोप दुई साताभित्र ल्याइने, १२ वर्षमाथिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई सो खोप दिइने ।


३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय, बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा छलफल ।


४, नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याउने पहल, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल, प्रधानमन्त्री र माधवकुमार नेपालबीच पनि भेटवार्ता ।


५, मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे जानकार रहेको अभिव्यक्ति, अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको भएको र सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने ।


६, नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ, आफू सरकार बाहिर हुँदा पनि मुलुकको अर्थतन्त्रको अवस्थालाई मिहिनरुपले हेर्ने गरेको अभिव्यक्ति, सबैको सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउनु भएकाले समस्यालाई ठीक ढङ्गले चिन्ने र यसको उपयुक्त समाधानको खोजी गर्ने प्रतिबद्धता ।


७, कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको माग, पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नु गलत भएको भनाइ, कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र कांग्रेसको पनि कमजोरी रहेको अभिव्यक्ति ।


८, लागातार दुई दिनदेखि उकालो लागेको सेयर बजार आज घट्यो, नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९ सय ७२.१५ विन्दुमा पुगेर रोकियो, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार ।


९, राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार विजयी, कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा भएको खेलमा फार वेस्ट सुपर ओभरमा नौ रनले पराजित, यसजितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चाैँथाे जित ।


१०, तालिबान सरकारले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा विरोध, यो निर्णय तुरुन्त सच्च्याउनुपर्ने र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपन संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको भनाइ, शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्