Logo
Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सात दलीय सत्ता गठबन्धनको बैठक बसिरहेको छ । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो ।

केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता सहभागी भएका छन् । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयमा छलफल हुने बताइएको छ ।

प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको जनाएको छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् ।

पहिलो चरणमा केन्द्रमा सात दल र तीन स्वतन्त्र सांसदको समर्थनसहित प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । अब बाँकी मन्त्रिपरिषद् विस्तार र कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने भन्ने बारे गठबन्धनमा कसरत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्