Logo
Logo

ओलीको संयोजकत्वमा सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ तय गरिने


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता साझेदार दलको संयोजक तोकिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

बिहीबार बिहान भएको छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको बैठकमा सहभागी उपप्रधानमन्त्री मन्त्रीसमेत रहेका रास्वपाकासभापति रवि लामिछानेले जानकारी दिए ।

उनले भने, ‘सत्ता साझेदार दलको प्रमुखको रूपमा हामीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकका रूपमा अगाडि बढाउने निर्णय गरेका छौँ । साथै, न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक÷एक जना सदस्य पठाउने तयारी भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । जसमा नेकपा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

प्रतिक्रिया दिनुहोस्