Logo
Logo

जगन्नाथ थपलिया एमाले बागमतीको संसदीय दलको नेता चयन


693
Shares

हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । एमाले बागमती प्रदेशलको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

प्रदेशसभाको दोस्रो ठूलो दल एमालेका थपलिया चितवन क्षेत्र नम्बर–१ (क)का प्रदेशसभा सांसद हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने उनी एमालेका निर्वाचित सांसदहरुमध्ये जेष्ठ सदस्य हुन् ।

एमालेको केन्द्रीय सदस्यसमेत रहेका थपलिया २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार थिए । एमालेको बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ १३ र समानुपातिकमा १४ जना गरि २७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्