Logo
Logo

उषा राईको हत्या मुद्दाका तीन आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


3.3k
Shares

धरान । धरान–१३ की एकल महिला उषा राईको हत्या मुद्दामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । एक जना आरोपित भने धरौटीमा छुटेका छन् ।

न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले आरोपी रत्ना सुब्बालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतको आदेशअनुसार ३ जनालाई कोभिड परीक्षणपछि झुम्का कारागारमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

घटनाका फरार भनिएका आरोपित निरकुमारी गुरुङ, सिर्जना राई र मिना राईलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
मुख्य आरोपी उर्मिलाले आफ्नो श्रीमानसँग नजिकिएको आशंकामा आफन्त र छरछिमेकी महिलासहित पुगेर कात्तिक ३ गते उषा राईलाई कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएकी उषाको उपचारकै क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्