Logo
Logo

नेपाल बैंकले कर्जा ग्राहकलाई ब्याज छुट सुविधा दिने


315
Shares

काठमाडौं । नेपाल बैंकले कर्जा ग्राहकलाई ब्याज छुट सुविधा दिने भएका छ । बैंकबाट कर्जा उपभोग गरि २०७५ साल चैत मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाखसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकलाई ब्याज छुट सुविधा दिने बैंकले जनाएको छ ।

त्यस्ता खराब कर्जामा वर्गीकृत ऋणिलाई ब्याज छुटमा कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको बैंकले जनाएको छ । साथै २०७६ वैशाखदेखि हालसम्मका कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिने बैंकले जनाएको ।

साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने व्यवस्था गरिएकाले आफ्ना जुनसुकै शाखाबाट ग्राहकले सो सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्