Logo
Logo

साहिल टी-२० आईमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी


2.8k
Shares

एजेन्सी । इस्टोनियाका ब्याटर साहिल चौहान टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बनेका छन् । उनले साइप्रसविरुद्ध २७ बलमा शतक प्रहार गरेका हुन् ।

यसअघि नामिबियाका लोफ्टी इटोनको नाममा यो रेकर्ड थियो । उनले नेपालविरुद्ध ३३ बलमा शतक प्रहार गरेका थिए । त्यस्तै दोस्रो स्थानमा रहेका नेपालका कुशल मल्लले ३४ बलमा मंगोलियाविरुद्ध शतक प्रहार गरेका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका डेविड मिलरले बंगलादेशविरुद्ध र भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध ३५ बलमा शतक प्रहार गरेका थिए । यससँगै साहिल अन्तर्राष्ट्रिय मान्यताप्राप्त कुनै पनि खेलमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्