Logo
Logo

बाँकी वित्तीय अनुदान स्थानीय तहमा पठाउने सरकारको निर्णय


630
Shares

काठमाडौं । सरकारले वित्तीय समानीकरण अनुदानबापतको बाँकी रकम स्थानीय तहमा पठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष (२०८०/८१) मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी उक्त रकम पठाउने निर्णय गरेको हो ।

सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले १६ अर्ब ७९ करोड २२ लाख रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरिने जानकारी दिए । उनले भने, ‘अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमध्ये ९३ प्रतिशत हुने गरी १६ अर्ब ७९ करोड २२ लाख तत हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्