Logo
Logo

सोह्रखुट्टेमा भासियो सडक


1.2k
Shares

काठमाडौं । सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान साढे ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ जाने सडकको बीच भागमा भासिएको हो ।

सडक भासिएर बनेको खाल्डोमा एउटा मोटरसाइकल डुबेको थियो । उक्त मोटरसाइलक क्रेन लगाएर निकालिएको छ । मोटरसाइकलमा सवार दुईजना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

भासिएको सडकमा जमिनमुनीबाट पानी आइरहेको छ । पानी ढल फुटेर वा अरू नै हो भनेर बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक भासिएपछि उक्त क्षेत्र सवारी आवागमन अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्