Logo
Logo

नेपाल सधैं ‘एक चीन नीति’को बलियो समर्थक : उपसभामुख राना


126
Shares

काठमाडौं । उपसभामुख इन्दिरा राना र चीनका विदेशमन्त्री वाङ यिबीच तिब्बतमा भेटवार्ता भएको छ । चीनका विदेशमन्त्री वाङ यि र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बतमा रहेकी उपसभामुख रानाबिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’को बलियो समर्थक रहँदै आएको बताइन् । उनले भनिन्, ‘नेपाल चीनको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकी हो । हामी चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिन्छौँ ।’

उनले नेपाल सधैँ ‘एक चीन नीति’को बलियो समर्थक रहँदै बताउँदै भविष्यमा पनि यसप्रति प्रतिबद्ध रहने बताइन् । साथै, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधैँ कदर गर्ने उपसभामुख रानाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्