Logo
Logo

ललितपुरबाट सुन, सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ


1.2k
Shares

काठमाडौं । ललितपुर प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरस्थित भारतीय नागरिक बसेको फ्ल्याटमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार ललितपुर महानगरपालिका–१४ स्थित निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको हो । सो क्रममा ५० लाख नगदसहित सुनसमेत बरामद भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्