Logo
Logo

सिटिजन्स बैंकको नयाँ शाखा अब पोखराको बिरौटामा


189
Shares

काठमाडौं । पोखरा महानगरपालिका बिरौटामा सिटिजन्स बैंक इन्टरनेसनलको नयाँ शाखा विस्तार भएको छ । बिरौटामा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।

यो सँगै शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । डि–म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।

बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित श्री गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखा १४ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्