Logo
Logo

सिटिजन्स बैंकको नयाँ शाखा वालिङमा


252
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा नयाँ शाखा संचालनमा ल्याएको छ । शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुबिधा पुर्‍याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने कुरा व्यक्त गरे ।

कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्