Logo
Logo

एसबिआई बैंकले मनायो ३१औं बार्षिकोत्सव


252
Shares

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३१औँ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव कार्यक्रममा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो । कार्यक्रममा बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धर्ता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथै उनले बैंकको दिगो प्रगति कायम राख्नन व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेशकूमार पंठाले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्