Logo
Logo

छानबिन समितिले सहकारी पिडितसँग छलफल गर्ने


189
Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पिडितसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नु परेको समस्याका बारेमा पिडितहरुसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

सहकारी पिडितका नाममा गठन गरिएका बिभिन्न समितिका संयोजक र प्रतिनिधिमुलक पीडित व्यक्तिहरुसाँगा बुधबारको बैठकमा छलफल गरिने उनले बताए ।

सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्नका लागि पीडितहरुको सुझाव महत्वपूर्ण हुने थापाले बताए । त्यस्तै मंगलबार सहकारी बिभागका पूर्व रजिष्टारदेखि हालका रजिष्टारसँग बैठकले सामूहिक छलफल गरेको थियो । छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्यामा परेको धारणा आएको समिति संयोजक थापाले बताए ।

त्यस्तै ऐन नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा वेवास्ता गर्दा बचतकर्ताहरुको रकम अपचलन भएको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्