Logo
Logo

नेपालको शान्ति प्रक्रिया विश्वमा स्थापित हुने जनार्दनकाे विश्वास


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालको शान्ति प्रक्रिया विश्वव्यापीरुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जटेपछि शर्माले सामाजिक सञ्जालमार्फत बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको अवधिमा संविधान निर्माण, सेना समायोजन लगायतका कामहरू सम्पन्न भइसकेको भन्दै शान्ति प्रक्रिया विश्वव्यापीरुपमा स्थापित हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘त्यसमध्ये द्वन्द्व पीडितहरूलाई न्याय, परिपूरण र मेलमिलाप गर्ने कार्य ढिलाइ भइरहेको थियो । अदालतको आदेश बमोजिम टीआरसी विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, महेश बर्तौँला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरूको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विषयहरू टुंगोमा पु¥याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौँ ।’

नेपालको शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटो पूरा भई नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने समेत उनले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्