Logo
Logo

ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही सिफारिस


46k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ ।

आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनसहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको आयोगका एक सदस्यले जानकारी दिए ।

अध्यक्ष शाहलाई आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको छ । पार्टीकै एक महिलाले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोगले छानबिन थालेको थियो । महरलाई पनि यौन शोषणको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्