Logo
Logo

दुईपटक भन्दाबढी प्रधानमन्त्री हुन नपाउने विश्वप्रकाशको प्रस्ताव, राणा र महतले गरे विरोध


91.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्ताव राखेका छन् । बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले यस्तो प्रस्ताव राखेका हुन् ।

उनले केन्द्रीय समितिको बैठकमा पेश गरेको समसामयिक विषयमा प्रतिवेदनमा एउटा व्यक्ति प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने प्रस्ताव छलफलका लागि पेश गरेका छन् ।

महामन्त्री शर्माको प्रस्तावमाथि परराष्ट्रमन्त्री आरजु राणा र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले विरोध जनाएका छन् । शुक्रबार पार्टी बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणा र प्रवक्ता महतले शर्माको प्रस्तावको विरोध गरेको सहभागी एक नेताले जानकारी दिए ।

महामन्त्री शर्माको प्रस्ताव अस्वीकार्य रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले पार्टी बैठकमा भने, ‘संविधानले जतिपटक पनि प्रधानमन्त्री बन्न दिन्छ, कांग्रेसले रोक्ने कसरी मिल्छ ?’

प्रतिक्रिया दिनुहोस्