Logo
Logo

तनहुँ बस दुर्घटना : घाइते भेट्न भारतका राज्यमन्त्री खड्से काठमाडौंमा


1.1k
Shares

काठमाडौं । शुक्रबार तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा मृत्यु भएकाको शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आएकी छन् । घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारत केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भारतीय राज्यमन्त्री खड्से ।

शुक्रबार आँबुखैरेनीको ऐनापहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

राज्यमन्त्री खडेस काठमाडौं आएलगत्तै घाइतेहरुलाई भेट्न शिक्षण अस्पताल पुगेकी छन् । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका हुन् । मृतकको शव चितवनको भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ । आज अपरान्हसम्ममा परीक्षण सकेर सम्बन्धित पक्षलाई शव बुझाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्