काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । बैठक अर्पण बैंक्वेटमा बसिरहेको हो । जारी केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन रहेको छ ।
बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।
केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन गर्नुपर्ने भन्दै पार्टीमा दबाब बढिरहेको छ । पार्टीमा ३ सय ४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यलाई पार्टी अध्यक्ष माधव नेपालले शपथ ग्रहण गराएका छन् ।