काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र संगम स्वीट एण्ड संगम सिटी होटल काठमाडौंबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत रिलायन्सका ग्राहक, शेयरधनी तथा कर्मचारीले होटलका परिकारमा १० प्रतिशत छुट पाउनुका साथै होटलले प्रदान गर्ने अन्य सेवामा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको संस्थाले २१ ओटा शाखामार्फत वित्तीय कारोबार गर्दै आएको छ । संस्थाले ग्राहकलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक ब्याज प्रदान गर्दै आएको बताइएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई-बैंकिङ, एससीटी नेटवर्क एटिएम, विभिन्न रेमिट्यान्स, सी-आस्बा, कनेक्ट आईपीएस, एबीबीएस, ईसीसी, एसएमएस बैङ्किङ, मोबाइल बैङ्किङ लगायतका सेवा प्रदान गर्दै आएको बताइएको छ ।