Logo
Logo

आज पनि एमालेको पोलिटब्युरो बैठक बस्दै


630
Shares

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजे बैठक सुरू हुनेछ । आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन् । बैठकमा सदस्यहरूलाई तीन मिनेट बोल्न समय दिइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ । संगठित सदस्यको संख्या १० लाख पु¥याउने एमालेको लक्ष्य छ । वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै, वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख छ । एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ ।

एमालेले तहगत कमिटीमा १० देखि ३३ प्रतिशतसम्म युवा सहभागितालाई सुनिश्चितता गर्ने गरी कार्ययोजना अघि सारेको छ ।
एमालेले आगामी आवधिक निर्वाचनमा कसैसँग तालमेल नगर्ने नीतिलाई अघि सार्ने तयारी गरेको छ । मंगलबारको बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेसको एक्लाएक्लै चुनाव लड्ने निर्णयको स्वागत गर्दै एमालेले पनि चुनावअगाडि कसैसँग सहकार्य नगर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्