Logo
Logo

पलेसालाई १० लाखसहित सम्मान गर्ने एनसेलको घोषणा

अन्य पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख दिने


378
Shares

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनसहितका खेलाडीलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

एनसेलले पारालिम्पिक्समा इतिहास रच्दै नेपाललाई अहिलेसम्मकै ठूलो पदक दिलाउने पलेसालाई १० लाख र देशको प्रतिनिधित्व गर्ने अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको हो ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरुप यो सम्मान तथा सहयोग गर्न लागिएको जनाएको छ । एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

पलेसाले पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक (काँस्य) दिलाएकी थिइन् । पलेसासहितको पारा तेक्वान्दो टोली आज बिहान स्वदेश आइपुगेको छ । यसैबीच नेपाललाई पहिलोपटक ऐतिहासिक पदक दिलाउने पलेशालाई सरकारले ६५ लाख रुपैयाँ दिने भएको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले पलेसालाई ६५ लाख रुपैयाँ दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्