Logo
Logo

धनुषामा पोखरीमा डुबेर एकै परिवारका तीन बालकको मृत्यु


378
Shares

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ । बुधबार साँझ लक्ष्मीनिया गाउँपालिका–७ स्थित सार्वजनिक पोखरीमा डुबेर एकै परिवारका तीन बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १० वर्षीय आदित्य साह, ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । उनका अनुसार मृतक तीनै बालक महावीर साहको नाती हुन् । महावीरका तीन छोराका जेठा छोराहरुको डुबेर मृत्यु भएको हो ।

शोकाकूल परिवारलाई सान्तवना दिँदै आफन्त र छिमेकी ।

महावीरको घरमा बर्खीको भोज चलिरहेको बेला तीनै बालक पोखरीमा नुहाउन पुगेका थिए । साँझसम्म घरमा नदेखेर खोज्न जाँदा पोखरीमा शव उनीहरको शव फेला परेको स्थानीयले जनाएको छ ।

तीनै बालकको शव पोस्टमार्टमका लागि बुधबार राति नै प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए ।

प्रतिक्रिया दिनुहोस्