Logo
Logo

अष्ट्रेलियाकी पौडी खेलाडी एलेक्साद्वारा पारालिम्पिक्समा एकैदिन दुई विश्व कीर्तिमान


252
Shares

काठमाडौं । पेरिस पारालिम्पिक्समा अष्ट्रेलियाकी पौडी खेलाडी एलेक्सा लेरीले नयाँ विश्व कीर्तिमान बनाएकी छन् ।प्रतियोगिताको सातै दिनमा पहिलो व्यक्तिगत पारालिम्पिक्स स्वर्ण पदक जित्ने क्रममा उनले एकै दिनमा दुई पटक विश्व कीर्तिमान बनाएकी हुन् ।

पेरिसको ला डिफेन्स एरिनामा महिला एस नाइन क्याटगोरी अन्तर्गत महिला १ सय मिटर फ्रिस्टाइलको हिट चरणमा निर्धारित दुरी ५९ दशमलव छ शून्य सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान बनाएकी हुन् । फाइनल प्रतिस्पर्धामा थप सुधारिएको प्रदर्शन गरेकी लेरीले पहिलो व्यक्तिगत पारालिम्पिक्स स्वर्ण जित्न ५९ दशमलव ५३ सेकेन्ड समय खर्च गरिन् ।

फाइनलमा उनले हिट चरणमा बनाएको कीर्तिमान सेमेत तोडिन् । तीन वर्षअघि २३ वर्षीया लेरी घातक मोरसाइकल दुर्घटनामा परेकी थिइन् । दुर्घटनाका कारण उनको मस्तिष्कमा क्षति पुगेको थियो । त्यतिबेला उनलाई चिकित्सकहरुले फेरि कहिल्यै हिँड्न वा बोल्न नसक्ने सम्भावना रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्