काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर दुई श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी श्रीमती ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।