Logo
Logo

सरकारलाई प्रभावकारी बनाउन एमाले-कांग्रेसले बनाए संयन्त्र


19k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले-नेपाली कांग्रेसले सरकारलाई प्रभावकारी बनाउन बेग्लै संयन्त्र बनाएका छन् ।

७ बुँदे सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगले चलाउन दुई दलका शीर्ष नेताहरु सम्मिलिन संयन्त्र बनाइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएको गौतमले बताए ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा सदस्य छन् ।

प्रदेश र जिल्ला तहमा पनि संयन्त्र गठन बनाउने तयारी रहेको उनले बताए । प्रदेश र जिल्ला ६ सदस्यीय संयन्त्र बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्