
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालत हाजिर भएका छन्।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने तारेखका लागि अदालत उपस्थित भएका हुन् । अदालतमा आज उनको पहिलो तारेख थियो । उनी श्रीमती निकिता पौडेलसहित अदालत पुगेका थिए ।
माघ २ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि उनी आदेशबमोजिम ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।