Logo
Logo

मालपोतका कर्मचारी र कानून व्यवसायी घुससहित पक्राउ


1.8k
Shares

काठमाडौं । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरका एक कर्मचारी र एक लेखापढी कानून व्यवसायी घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (मंगलबार) महोत्तरी मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दास र महतोमाथि उक्त रकमसहित थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्