
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
हिजो मंगलबार एक लाख ६९ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।