Logo
Logo

चित्रबहादुर केसीले खोजे मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति विवरण


504
Shares

काठमााडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति विवरण खोजेका छन् ।

बुधबार प्रतिनिधिसभामा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढाउने प्रस्तावमाथिको छलफलका क्रममा प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण खोजेका हुन् । उनले ७ महिनासम्म पनि सरकारले सम्पत्ति बुझाउन नसकेको भन्दै ठुला कुरा गरेर दुनियाँ हँसाएको आरोप लगाए ।

उनले प्रश्न गर्दै भने, ‘सरकार बनेको सात महिनासम्म आफूले कमाएको सम्पत्ति बुझाउन नसक्ने सरकारले ठूला ठूला कुरा र गफ गरेर किन दुनियाँ हँसाउनु ?’

प्रतिक्रिया दिनुहोस्