​ट्रम्पको आप्रवासी निर्णयको विरोध जारी

दृष्टि न्यूज

वासिंगटन,  (एएफपी) । अमेरिकाका केही सहरमा हालै अमेरिकाले निर्णय गरेको आप्रवासीसम्बन्धी नीतिबारे विरोध गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैका आप्रवासीसम्बन्धी नीतिबारे यहाँका विभिन्न सहरमा विरोध ¥यालीको आयोजना गरिएको छ । 
गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई अमेरिकाले उनीहरूका सन्तानबाट छुट्टै राख्ने भनी गरेको निर्णयको विरोध गर्दै ती प्रदर्शन भएका हुन् । राष्ट्रपति ट्रम्पको यस नीतिप्रति ती ¥यालीमा आक्रोश व्यक्त भएको बताइएको छ । 
उता राष्ट्रपति ट्रम्पले भने त्यस विरोध प्रदर्शनको क्रमलाई रोक्ने बताएका छन् । ती विरोध ¥यालीमा प्रदर्शनकारीले अमेरिकी सीमामा अलग गरिएका आप्रवासी परिवारलाई सँगै रहन दिइनुपर्ने माग राखेका थिए । 
यस्तो विरोधपछि बालबालिकालाई अभिभावकबाट अलग गर्ने नीति परिवर्तन गरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेपनि अझै पनि सबै बालबालिका आफ्ना आमाबुवासँग बस्न पाएका छैनन् । तिनका आफन्त र अभिभावकले उनीहरुको भविष्यको चिन्ता गरेका छन् ।

Related News