​डेब्यु खेलमै सचिन तेन्दुरकरका छोरा असफल

दृष्टि न्यूज

कोलम्बो– भारतका महान् क्रिकेटर सचिन तेन्डुलकरका छोरा अर्जुन अन्तराष्ट्रिय डेब्यु खेलमा शून्य रनमै आउट भएका छन्। भारतको अन्डर–१९ टिममा परेका उनी श्रीलंकाको अन्डर–१९ विरुद्धको खेलमा शुन्य रनमै आउट भएका हुन्। 

श्रीलङकासँगको युवा टेस्ट खेलमा बलिङतर्फको पनि उनको प्रदर्शन सामान्य रह्यो। ११ ओभर बलिङ गरेका उनले १ विकेट लिएर ३३ रन दिए। 
उनी अलराउण्डरका रुपमा टिममा परेका हुन्। पहिलो डेब्यु खेलमा १२ बल खेलेर उनी डकआउट भएका हुन्।  
सो खेलमा पहिलो श्रीलंका पहिलो इनिङमा २ सय ४४ अलआउट भएको थियो। भारतले पहिलो इनिङमा ५ सय ८९ रन बनाएको छ। तेस्रा दिनको खेल सकिदा श्रीलंकाले ३ विकेट गुमाएर एक सय ७७ रन जोडेको छ। 

Related News