सांसदद्वारा कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

दृष्टि न्यूज

काठमाडौं । यातायात र खाद्य सामग्रीमा अवरोध नगर्न सांसदहरले माग गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनीहरुले सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् । 
बैठकमा सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरेकी छन् । उनले यातायातमा अवरोध हुँदा जनताले सास्ती पाउने बताउँदै यातायात निर्वाध रुपमा सञ्चालन हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन् ।
त्यस्तै, सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपांगता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने, चाडवाडको मुखमा चिनीलगायत खाद्य सामग्रीको अभाव, कालाबजारी नहुनेतर्फ सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । चाडबाड नजिकिँदै जादा बजारमा कालोबजारी बढ्ने सम्भावनालाई लक्षित गर्दै सांसदहरुले बेलैमा त्यसतर्फ सचेत हुन सरकारलाई ध्यानाकर्षण गराएका छन् । 

Related News