​वोर्ड अध्यक्षका लागि चर्चामा भट्टराई

दृष्टि न्यूज

काठमाडौं । चलचित्र विकास बोर्डबाट निकिता पौडलको बहिर्गमन पक्का भएको छ । यससँगै चलचत्रि वृत्तमा नयाँ अध्यक्षको चर्चा सुरु भएको छ ।सरकारले निकितालाई आइतबार पदमुक्त गर्दैछ । निकितालाई सञ्चार मन्त्रालयले यसअघि नै नियुक्ती खारेजीको पत्र थमाइसकेको छ । 
अब विकास बोर्डमा नयाँ अध्यक्ष कसलाई ल्याइँदैछ त ? जसमा तीन जनाको नाम चर्चामा आएको छ । चर्चा गरिएअनुसार केशव भट्टराई अग्रस्थानमा छन् । उनी तत्कालीन नेकपा एमाले निकट हुन् । त्यसैले धेरैको अनुमान अबको अध्यक्ष्ँ भट्टराईलाई मानेका छन् । भट्टराई वोर्ड अध्यक्ष्ँका लागि योग्य पनि मानिन्छन् । 
त्यस्तै, अभिनेता शिव श्रेष्ठ र विल्सनबिक्रम राईको नाम पनि चर्चामा आएको छ । ती चर्चामा आएका नाममध्ये एक नम्बरमा केशव भट्टराई छन् भने त्यसपछि विल्सनविक्रमको नाम पनि अगाडि छ । विल्सन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधान मन्त्री केपी ओली शर्मासँग निकै नजिक छन् । त्यसैले केशव र विल्सनमध्ये एक भावी बोर्ड अध्यक्ष्ँ हुन सक्ने अनुमान गरिएको छ । 
केशव भट्टराई जनपक्षीय चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष हुन् । संघले समेत भट्टराईलाई बोर्ड अध्यक्षका लागि प्रस्ताव गरेको छ । त्यसैले यो दौडमा भट्टराई अगाडि छन् । 

Related News