आलोपालो

​अवार्ड शब्दकै ‘बेइज्जत’

एमपी सुब्बा । ‘मलाई सबैथोक दिनु । तर, अवार्डचाहिँ नदिनु । अवार्ड थापेर बेइज्जत हुनु छैन’ एक चर्चित कलाकारले यसो भनिरहँदा आइतबार राजधानीमा एक फिल्म अवार्ड तामझामका साथ हुँदैथियो । तर, ती कलाकार अनामनगरस्थित एक क्याफेमा गफ चुट्दैथिए, ‘जमाना पनि के आयो । अहिले त अवार्ड दिनेलाई भन्दा लिनेलाई लाज ।’ हो, पछिल्लो समय ‘अवार्ड’ भन्ने शब्दकै बेइज्वत हुन थालेको छ । ती कलाकारको नाम… विस्तृत समाचार

पनौतीमा पलाती

श्याम रिमाल । विसं २०७० कात्तिक– भीमेश्वर नगरपालिकामा काम नभएपछि हामी बिहान दोलखा भीमसेनको दर्शन गरी सवा आठ बजेको बसमा फर्कियौँ । हतार पनि थियो, टिकट मिलाउनेले टिकट हातमा दिएका पनि थिएनन् । नगरपालिका कट्न लाग्दा खलाँसी टिकट माग्छ, हामीसँग छैन । पछाडिका  यात्री कोहीसँग होला हाम्रो संयुक्त टिकट भन्नेमा थियौँ हामी तर अहँ । खलाँसीले ओराली छाड्यो चरङ्गे खोलानिर । धेरैबेरपछि मात्र हाम्रो बस… विस्तृत समाचार

​हरिप्रसाद रिमालः सङ्गीत र अभिनयको जिन्दगी

एक दशक त अक्सिजनको पाइप नाकबाट छिराएर बाँचे आफ्नै घरमा । रेडियो नेपालकी समाचार वाचिका  र कार्यक्रम सञ्चालिका पत्नी कल्याणी पतिका लागि जे गर्न पनि तयार, रिमालका नर्स, डाक्टर सबै बनिन् । कामपाले गत वर्षका लागि ज्येष्ठ नागरिक भत्तास्वरुप रु १२ हजार विशेष भत्ता दियो उनलाई र डाक्टरलाई घरमै लगेर उपचार पनि गरायो तर रातविरात अस्पताल जानुपरेमा भने एम्बुलेन्स भइदिए हुन्थ्यो भन्ने कल्याणीको चाहना थियो… विस्तृत समाचार

रणउजीरेश्वरी भगवती रथयात्राको ऐतिहासिक महत्व

गोविन्द भट्टराई । कुनै बेला पाल्पाका गाउँगाउँबाट सदरमुकाम तानसेनका लागि थेगो बन्थ्यो–“ल है भगवती जात्रामा तानसेन  शीतल पाटीमा भेटौला ।” भगवती जात्रा पाल्पा र सरोफेरोमा मात्र नभै देशमै कहलिएको थियो । पछिल्ला केही समय सुस्ताए पनि यतिबेला श्री ७ रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समिति गतिशील हुँदै छ । तानसेन नगरपालिका लगायत सरोकारवाला संघसंस्था र मनकारी ब्यक्तिहरु सहयोग, प्रचारप्रसारमा जुटेका छन् । स्व. कविराज दशरथमान सिंहले… विस्तृत समाचार

मैले चिनेको पुष्पलाल

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) । कमरेड पुष्पलालका विषयमा धेरैले धेरै कुरा लेखिसकेका छन् । तर, म उनको व्यक्तिगत जीवनसँग निकै प्रभावित भएको छु । मैले देखेको पुष्पलाल सादा जीवन, उच्च विचारका धनी थिए । नेकपाको संस्थापक पुष्पलाल सरल, अध्ययनशील र संघर्षशील व्यक्तित्व थिए । यही विशेषताका कारण धेरै नेताहरु त्यतिबेला त्यागी थिए । देशका लागि केही गरौं भन्ने भावना थियो, त्यो त्यागभित्र । आज मुलुकमा… विस्तृत समाचार

​आफ्नै सहकर्मीले बलात्कारपछि लिए मायाको ज्यान

धनगढी । यौनको आवेगमा एउटा निर्दोष महिलामाथि एकान्त जंगलमा पाँच जनाले पशुवतशैलीमा यौन प्यास मेटाएपछि हत्या गर्छन् भन्ने कल्पनाभन्दा बाहिरीको कुरा हो । झट्ट सुन्दा फिल्मी कथाजस्तै लाग्ने यो धनगढीको सत्य घटना हो । जो एक अवला नारी आफ्नै सहकर्मीबाट सामुहिक बलात्कारपछि हत्या गरिएकी छन् । घटना १२ असारको हो । १२ गतेदेखि बेपत्ता पारिएकी कैलाली गौरीगंगा नगरपालिका ११ स्थित जहरी कटानकी २१ वर्षीया माया… विस्तृत समाचार

​जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । छोटो समयमै जनताको मन जितेका जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय हुनुभएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा परी निधन भएको थियो । भण्डारीको जन्म २००९ साल असार १४ गते… विस्तृत समाचार

​सबैको मनमा जो बाँचिरहेका छन्

‘स्वास्थ्य जीवन जिउनु अधिकार हो, त्यो सबैले पाउनुपर्छ’ डा.उपेन्द्र देवकोटाको यही मान्यता थियो । तर, लगन र मृत्युलाई कसैले जानेको हुँदैन ।  आज डा. देवकोटा हाम्रो मानसपटलमा मात्र जीवित छन् ।  डा. देवकोटाले अरुलाई बचाउने अभियानमै ६५ वर्षको उमेरमा आफै देह त्यागेर गए । सयौंलाई ‘अप्रेशन’ गरेर बचाए, उनी पित्तथैलीको क्यान्सरसँग आफै हारेर यो लोकबाट विदा भए । तर, उनी विदा भएपनि उनले भनेजस्तै उनी… विस्तृत समाचार

​कलामार्फत ‘चेतना सम्प्रेषण’ आग्रह

काठमाडौं । ‘मदन भण्डारी कला साहित्य प्रतिष्ठान’ले कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीलाई आफ्ना सिर्जनामार्फत ‘चेतना सम्प्रेषण’ आग्रह गरेका छन् । प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ विषयमा अवधारणापत्रमा ‘एउटा सचेत स्रष्टा जीवनको यथार्थप्रति आँखा चिम्लिएर स्वप्निल संसारमा रमाउन सक्दैन’ भनिएको छ । प्रतिष्ठानद्वारा प्रस्तुत यो अवधारणापत्र समय सापेक्षितमात्र नभएर ‘संस्कृतिकर्मी’ भनिएकालाई ‘सुझाव र चेतावनी’ जस्तै भएको छ किनकि, हिजोआज कलाकार तथा स्रष्टाका सिर्जनामा ‘अराजकता’ पाइन थालिएको छ । … विस्तृत समाचार

सांस्कृतिक सम्पदा जोगाउन जाग्यो इन्भेष्टमेन्ट बैंक

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेको पाटन दरबार स्क्वायर विश्व सम्पदा सूचीमा रहेका महत्वपूर्ण सम्पदा हुन् । यसै क्षेत्रमा  सन् १६८७ सालमा बनेको तीनतल्ले भाइदेगः मन्दिर १९३४को भुइँचालोले भत्केको थियो । विगतका दिनहरुमा यसको संरक्षणका लागि कसैको ध्यान पुग्न सकेको थिएन । यसको पुनर्निर्माणको लागि सन् २०११ मा काठमाडौंका केही उत्साही नागरिकहरुले सांस्कृतिक सम्पदा संरक्षण समूह गठन गरे  । यस समूहका संस्थापक अध्यक्ष सत्यमोहन जोशी, अध्यक्ष… विस्तृत समाचार