अमेरिका

​श्रीलंकाली संसदद्वारा राजापाक्षविरुद्ध अविश्वास प्रस्ताव पारित

कोलम्बो, (एजेन्सी) । श्रीलंकाको पुर्नस्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।  श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मंगलबार पुर्नस्थापना गर्ने आदेश दिएको थियो । अदालतले राष्ट्रपतिद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको छ ।  सभामुख कारु जयसूर्याले २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका थिए । श्रीलंकाका… विस्तृत समाचार

​प्रख्यात सुपरहिरोका परिकल्पनाकार लीको निधन

लस एन्जलस, (एजेन्सी) । अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुन् । ‘मार्भेल कमिक’ का पूर्व प्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ । वुल्भेराइनमा खेल्ने कलाकार ह्युज ज्याकमानले भने, ‘हामीले एकजना विशिष्ट लेखक गुमाएका छौं । स्टान ली सुपरहिरो ब्रह्माण्डका एकजना अद्भूत व्यक्तित्व… विस्तृत समाचार

आङ सान ​सुकीलाई दिइएको सम्मान फिर्ता

नेपित, (एएनआई) । एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको छ ।  गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेस्टीले ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ फिर्ता लिएको जनाएको छ ।  सुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ हुन् । उनी विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल शान्ति पुरस्कार विजेता पनि हुन् ।… विस्तृत समाचार

​साउदीद्वारा १० लाख ब्यारेल तेल निर्यात घटाउन सुझाब

आबुधावी, (एजेन्सी) । विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन १० लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका उर्जा मन्त्री खालिद अल–फालिहले सोमबार सुझाब दिएका छन् ।  रियादले आगामी डिसेम्बरबाट लागु हुनेगरी प्रतिदिन पाँच लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिन पछि यहाँका विभागीय मन्त्रीको उक्त राय आएको हो ।  ‘हामीले आइतबार गरेको प्राबिधिक समीक्षाबाट विश्व बजारलाई नियन्त्रण तथा सन्तुलन गर्न… विस्तृत समाचार

​छत्तीसगढमा मतदान : १ लाख सुरक्षाकर्मी परिचालन

रायपुर, (एजेन्सी) । भारतको छत्तीसगढमा मतदानका लागि आज सुरक्षार्थ करिब एक लाख सुरक्षाकर्मी तैनाथ छन् । आज सोमबारको सो मतदानका लागि यति ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो ।  छत्तीसगढ भारतमा माओवादीहरुको हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्य हो । सो राज्यमा भारतीय माओवादीहरुले सशस्त्र हिंसात्मक गतिविधि गरिरहेका छन् ।  यसै निर्वाचनलाई केन्द्रित गरेर माओवादीले पनि यस हप्ता ठाउँठाउँमा हिंसात्मक हमला जारी राखेका छन् । ती… विस्तृत समाचार

​अल्बानी मधेशी समाजद्वारा न्यूयोर्क अमेरिकामा महापर्व छठ

काठमाडौं । महानपर्व छठको हिन्दू धर्ममा छुटै महत्व छ । यो पर्वलाई परदेशमा पनि रही आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र महापर्व छठलगायत मधेशी संस्कृतिलाई विश्वसामू चिनाउन अल्बानी मधेशी समाज, न्यूयोर्क अमेरिकाका मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दू मन्दिरको पोखरीमा यो पर्वको आयोजना गर्न अग्रसर भएका छन् । यसै क्रममा ११ नोवेम्बेरको नहाय खायबाट शुरु हुने पर्व ४ दिनसम्म चल्ने र १३… विस्तृत समाचार

आणविक सम्झौताको मर्मअनुसार सुरक्षा गर्न इरानको आग्रह

तेहरान, (एजेन्सी) । आणविक सम्झौताका अमेरिकाबाहेक अन्य हस्ताक्षरकर्ता मुलुकलाई आणविक सम्झौताको मर्मअनुसार इरानको सुरक्षाका लागि पहल लिन तेहरानले आग्रह गरेको छ ।  सम्झौताअनुसार अघि बढ्न हस्ताक्षरकर्ता मुलुकहरूले प्रतिवद्धता जनाएका भएपनि यसका लागि पहलकदमी लिन यूरोपेली यूनियन (इयू)ले ढिलाइ गरेको इरानी विदेश मन्त्री मोहमुद जाभेद जरिफले बताए ।  अमेरिकी आर्थिक प्रतिबन्धका कारण इरानले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै इयूले आर्थिक कारोबारका लागि इरानलाई वैध बाटोको विकल्प दिनुपर्ने… विस्तृत समाचार

​अमेरिकामा विदेशीको फेसबुक एकाउन्ट बन्द

सानफ्रान्सिस्को, (एजेन्सी) । आज अमेरिका मध्यावधि चुनाव हुँदैछ । तर, चुनावको पुर्वसन्ध्यामा यस चुनावलाई हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खातासमेत रहेका छन् ।  अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुकमार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो । … विस्तृत समाचार

​इन्डोनेसियामा फेरि भूकम्प

जाकार्ता, (एजेन्सी) । इन्डोनेसियाको सुलावेसी द्वीपमा मंगलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ ।  स्थानीय समयाअनुसार आज बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा पर्ने इलाकाको ११ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना भने जारी गरिएको छैन ।  यसअघि गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा ७.५ म्याग्नीच्युडको… विस्तृत समाचार

​अमेरिकालाई चुनौती दिँदै इरानले तेल बिक्री गर्ने

तेहरान, (एजेन्सी) । अमेरिकी आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले बताएका छन् । इरानले वासिंगटनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई तोड्दै तेल बिक्री गर्ने जनाएको हो । अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागु हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही घण्टापछि राष्ट्रपति रौहानीले भने, ‘हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामीले अमेरिकीहरूलाई इरानविरुद्ध दबाब र चेतावनीको भाषा प्रयोग गर्न नहुने पाठ सिकाइने… विस्तृत समाचार