एसिया

​दक्षिण कोरियाका राष्ट्रपति उत्तर कोरियामा

काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाका दुई शीर्ष नेताबिच मंगलबार भेटवार्ता हुँदैछ । भेटवार्ताका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसहितको टोली उत्तर कोरिया गएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुनलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले प्योङ्गयाङमा स्वागत गरेका छन् । यस्तै मुनकी श्रीमतीलाई उनकी श्रीमतीले स्वागत गरिन् । दुई कोरिया नेताबिच यो वर्ष हुन लागेको यो तेस्रो वार्ता हो । दक्षिण कोरियाका राष्ट्रपति… विस्तृत समाचार

​एक वर्षमा १६० नक्सलवादीहरु मारिए

काठमाडौं । भारतमा नक्सलवादीहरु भनेर चिनिने सशस्त्र गतिविधिमा रहेका १६० माओवादीहरु गत एक वर्षमा मारिएको समाचार छ । भारतको सेन्ट्रल रिजर्भ फोर्सका डाइरेक्टर जनरलले भारतीय सरकारी समाचार संस्था पिटिआईसँगको अन्तर्वार्तामा उक्त कुरा बताएका हुन् । भारतमा नक्सलवादीहरुलाई नियन्त्रण गर्न सिआरपिएफ नामको अर्धसैन्य दस्ता नै अग्रपंक्तिमा परिचालित छ । गत वर्षमा छत्तीसगढ भनिने नक्सलवादी अति प्रभावित जिल्लामा मात्रै ५०० जना नक्सल समर्थकहरु गिरफ्तार भएको पनि उनले… विस्तृत समाचार

म्यानमारमाथि जातीय नरसंहार गरेको राष्ट्रसंघको अभियोग

एजेन्सीहरु संयुक्तराष्ट्र संघका अनुसन्धाताहरुले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकको जातीय नरसंहारमा म्यान्मारका सेना प्रमुख र पाँचजना उच्च सैनिक कमान्डर दोषी देखिएकाले उनीहरुमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकाल्दै कारवाहीको लागि अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने संकेत गरेका छन् । सोमबार राष्ट्र संघले प्रकाशन गरेको प्रतिवेदनमा म्यान्मारको यस घटनाको स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।  म्यान्मारले गतवर्ष अगस्टमा रखाइन राज्यमा गरेको निर्मम दमनबाट जोगिन करिब सात लाख रोहिङ्ग्या मुस्लिम… विस्तृत समाचार

​राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टचार भेटघाट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोले शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो ।  अध्यक्ष तिमिल्सिनाले जापानले नेपालको पूर्वाधार निमार्ण,… विस्तृत समाचार

​सरकारको युद्धविराम तालीवानद्वारा अस्वीकार्य

काबुल, (एएफपी) । अफगानिस्तान सरकारले शनिबार तालिवानसँगको युद्धविरामको समय थपेका भए पनि तालिबानले युद्धविराम बढाउन नमानेको जनाइएको छ । उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । युद्धविरामको समय आइतबार मध्यराति नै सकिएको छ । त्यसपछि उनीहरुले उक्त समय लम्ब्याउन नचाहेको जनाइएको छ ।  अफगानिस्तानका राष्ट्रपति असरफ गनिले टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाएका छन् । उनले समय बढाएर मंगलबारसम्म पु¥याएका… विस्तृत समाचार

उत्तर कोरिया–अमेरिका वार्ताको भोलिपल्टै अमेरिकाद्वारा सैन्य अभ्यास स्थगित

काठमाडौं ।  विश्वलाई चमत्कार लाग्ने गरी आपसमा वार्ता गरेका उत्तर कोरिया र अमेरिकाको आश्चर्यजनक वार्ताले कुनै नाटकीय मोड लिएन भने उत्तर कोरियाली सर्वोच्च नेता किम उन अब छिट्टै अमेरिका भ्रमण गर्ने छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाको राजधानी प्योङ्याङको भ्रमण गर्नेछन् । मंगलबार सिंगापुरमा देशका सर्वोच्च नेताबीचमा भएको भेटवार्ता सौहार्दपूर्ण रुपमा सम्पन्न भए पश्चात नतिजा समेत बाहिर आउन थालेको छ । अमेरिकाले दक्षिण… विस्तृत समाचार

राष्ट्रपति ट्रम्प–नेता उनबीच ऐतिहासिक भेटवार्ता

काठमाडौं ।  सम्भवतः शताब्दीकै बहुचर्चित भेटवार्ता सिंगापुरमा सुरु भएको छ । २० औं शताब्दीको अन्त्यदेखि नै शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको अमेरिका र उत्तरकोरियाका बीचमा आज ऐतिहासिक वार्ता सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरको सान्तोषा पार्कमा रहेको एक होटलमा सुरु भएको वार्तालाई विश्वभर चाचो र चर्चा छ ।  सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता… विस्तृत समाचार

​काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम

नयाँदिल्ली, २ जेठ (सिन्ह्वा) । भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ । ‘केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,’ केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीटमा लेखेका छन् । उनले यस निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस… विस्तृत समाचार

युद्धविराम गर्न म्यानमारलाई चीनको आग्रह

याङगुन, ३० वैशाख (एएफपी) चीनले आफ्नो सिमानासँग जोडिएको म्यानमारको भूभागमा भएको हिंसा रोक्न म्यानमारलाई युद्धविराम गर्न आग्रह गरेको छ ।  म्यान्माली सेना र स्थानीय आदिवासी जनजातिका विद्रोही समूहका बीचमा भएको भिडन्तमा परी शनिबार १९ जनाको मृत्यु भएपछि चीनले आइतबार यस्तो आग्रह गरेको हो ।  पछिल्ला केही वर्षमा भएका नराम्रा हिंसाका घटनामा परी म्यानमारमा धेरैजना सर्वसाधारण नागरिक मारिएका छन् ।  चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी… विस्तृत समाचार

​इन्डोनेसियामा हजारौ गिरफ्तार

जकार्ता, २८ वैशाख । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका हजारौलाई शुक्रबार गिरफ्तार गरिएको छ ।  अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन् ।  उनीहरुले यस सम्वन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विवादास्पद भएको बताउदै विरोध गर्दै आएका छन् ।  गत डिसेम्बरमा भएको ट्रम्पको निर्णयको विरोधमा संसारभरका विभिन्न देशहरूमा शृङखलावद्ध तरिकाले प्रदर्शनहरू भइरहेको छ ।  अमेरिकाको… विस्तृत समाचार