बैकिंग

​मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ ।  आर्थिक वर्ष २०७५-७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ ।… विस्तृत समाचार

​निबन्ध प्रतियोगिताका विजेतालाई महालक्ष्मी विकास बैंकको पुरस्कार

काठमाडौँ । महालक्ष्मी विकास बैंकले यौनजन्य हिंसाविरुद्ध भएको निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार रकम उपलब्ध गराएको छ । बैंकले प्रदेश नम्बर १ प्रहरी कार्यालयले आयोजना गरेको निबन्ध प्रतियोगितामा विजयीलाई प्रदान गर्नका लागि पुरस्कार रकम उपलब्ध गराएको हो ।  प्रहरी कार्यालयले आयोजना गरेको ‘यौनजन्य हिंसा ः कारण, रोकथाम र नागरिकको भूमिका’ विषयमा प्रदेशका सबै १४ जिल्लाका विद्यालयका नौदेखि १२ कक्षासम्मका छात्राले भाग लिएका थिए । पुरस्कारमा विजयी… विस्तृत समाचार

​अन्तर्राष्ट्रिय अवार्डबाट हिमालयन बैंकका अध्यक्ष सम्मानित

काठमाडौं । बेलायतको वल्र्ड बुक अफ रेकर्डस् नामक संस्थाले हिमालयन बैंक लिमिटेडका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । न्यू एभरेस्ट कन्स्ट्रक्सन प्रालीका समेत अध्यक्ष रहेका श्रेष्ठले बैंकिङ तथा निर्माण क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् ।   उनलाई व्यक्तिगततर्फको नेसनल एक्सिलेन्स अवार्ड २०१८ प्रदान गरिएको छ । उनले बैंकिङ तथा निर्माण व्यवसायकोे माध्यमबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा महŒवपूर्ण योगदान पु¥याएको निष्कर्षका… विस्तृत समाचार

​ग्लोबल आईएमई र एशियन लाइफबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज मंगलबार बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३२ वटै शाखामार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने जनाइएको छ ।  उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र… विस्तृत समाचार

बैकिङ तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धी सहमति

काठमाडौं । बैैंैैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट, ढाका, बंगलादेश बीच बैकिङ तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दिर्घकालीनरुपमा सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा एक समारोहका बीच ढाका स्थित बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा लक्ष्मीपूजाका दिन हस्ताक्षर सम्पन्न भएको छ । सहमतिपत्रमा बैकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालको तर्फबाट संस्थाका अध्यक्ष तथा प्रबन्ध संचालक डा विनोद आत्रेय… विस्तृत समाचार

​वातावरण सुधार समितिलाई सिद्धार्थको सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर महानगरपालिका वडा नं. १५ को वातावरण सुधार समितिलाई वृक्षरोपण कार्यका लागि आर्थिक सहयोग गरेको छ । बैंकले समितिलाई दुई लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो ।  बैंकका निर्देशक वीरेन्द्रकुमार शाहले वतावरण सुधार समिति ललितपुरलाई चेक हस्तान्तरण गरेका थिए । सातदोबाटो—गोदावरी सडकको छेउछाउमा लगभग ५० बिरुवा रोपी उक्त क्षेत्रको वरिपरि हरियाली ल्याउन र पर्यावरण व्यवस्थित बनाउनको लागि यो अभियानलाई समर्थन… विस्तृत समाचार

​सानिमा जनरल र बिओकेबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लिमिटेडबीच निर्जीवन बिमा सेवा प्रदान गर्नेसम्बन्धी बैंकास्योरेन्स सम्झौता भएको छ ।  सम्झौताअनुसार कम्पनीले आफ्नो थप सेवाहरू उक्त बैंककोे विभिन्न शाखामार्फत प्रदान गर्ने जनाएको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षभित्र ३० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि जारी… विस्तृत समाचार

​एनआइसी एसियाको भाइटीकामा नयाँ योजना

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले तिहारमा दिदीबहिनीलाई दिने दक्षिणामा १ सय रुपैयाँ थपिदिने भएको छ । भाइटीकाको अवसरमा ‘सोच बदलौँ ... , भाइटीकाको उपहारस्वरूप रकम ट्रान्सफर रोजौँ’ भन्ने नरासहित यो योजना ल्याएको हो ।  भाइटीकाको अवसरमा आप्mना ग्राहकले दिदीबहिनीलाई दिने दक्षिणा बैंकको मो–बैंकबाट रकम ट्रान्सफर गरेमा उक्त रकममा १ सय रुपैयाँ थपिदिने भएको हो । उक्त बोनस रकम दक्षिणा पाउने व्यक्तिले प्राप्त गर्ने बैंकले… विस्तृत समाचार

​नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नयाँ जनशक्तिका लागि विज्ञापन गर्दा दरखास्त शुल्क अनलाइन प्रविधिबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।  सम्झौता अनुसार नेपाल राष्ट्र बैंकले निकट भविष्यमा नयाँ जनशक्ति भर्नाका लागि माग गर्ने विज्ञापनमा आवेदन गर्दा दरखास्त फारम… विस्तृत समाचार

​नबिल बैंक र नर्भिक अस्पतालबीच सम्झौता

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएकोे छ ।  सम्झौताबमोजिम नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई वार्षिक स्वास्थ्य प्याकेजहरूमा ३० प्रतिशत छुट दिने जनाइएको छ । त्यस्तै, प्याथोलोजी, रेडियोजोली, मेमोग्राम, कार्डियाक नन–इन्भेसिव एक्जामिनेसनलगायत शल्यक्रिया शुल्कमा १० प्रतिशत… विस्तृत समाचार