भर्खरै

​पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

बझाङ, ५ साउन।  बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालिका–६ बयानामा पहिरोमा परी एकै परिवारका तीन जना सहित चार जनाको मृत्यु भएको छ।  पहिरोमा परी २ जना घाईते भएका छन् । खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ बयाना निबासी ४५ बर्षिया उजली देवि थापा, उनकी बुहारी ३२ बर्षिया महेश्वरी थापा र उनका ६ बर्षिया छोरा कृष्ण थापाको मृत्यु भएको हो।  म त्यस्तै सोही गाँउका २० बर्षिया मंगल… विस्तृत समाचार

डा. केसी समर्थनमा काठमाडौंमा सामूहिक अनसनको तयारी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने तयारी गरेका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको भन्दै समर्थकहरु सामूहिक अनसनमा बस्ने तयारी गरेका हुन् । शनिबार डा.केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि… विस्तृत समाचार

​पूर्वी नाकाबाट बेच्न लान लागिएका १७४ युवती उद्धार

भद्रपुर । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट ६ महिना अवधिमा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ ।  मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।  मानव बेचबिखनको ट्रान्जिट मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा… विस्तृत समाचार

​सबै मेडिकल कलेज राष्ट्रियकरण गरे के हुन्छ ?

काठमाडौं , ५ साउन ।  डा. गोविन्द केसीको अनशन र मेडिकल कलेज सम्बन्धनको बहस अहिले सबैभन्दा पेचिलो राष्ट्रिय मुद्दा बनेको छ । मुद्दाको टुंगो कहिले र कसरी लाग्छ भन्न सक्ने अवस्था छैन । यो कुनै ताजा विषय भने होइन । बाबुराम भट्टराईदेखि अहिलेका प्रधानमन्त्री केपी ओलीसम्म आइपुग्दा हरेक सरकार मेडिकल कलेजहरूलाई सम्बन्धन दिने विषयको विवादमा मुछिएका छन् ।  मेडिकल शिक्षा मुनाफारहित बनाऔँः रामेश्वर खनाल, पूर्वअर्थसचिव… विस्तृत समाचार

सरकारले अनशनरत डा.गोविन्द केसीसँग सिधै वार्ता गर्ने

काठमाडौं , ५ साउन । सरकारले अनशनरत डा. गोविन्द केसीसँग सिधै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष रूपमा केसीसँग वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बिचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानभन्दा समस्या भएको ठहर गर्दै सरकार आफैँ वार्तामा बस्ने निष्कर्षमा पुगेको हो ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सिधै केसीसँग वार्ता गर्न वातावरण बनाइरहेको बताए ।  केसीसँग… विस्तृत समाचार

​डा केसीको अनशनमा करिश्मा र मनिषाको ऐक्यबद्धता

काठमाडौं, ४ साउन।  डा. गोविन्द केसीको अनशनप्रति ऐक्यबद्धता बढ्दै गएको छ। अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले समेत अनशनप्रति ऐक्यबद्धता जनाएकी छिन्।  शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उनले डा केसीलाई भेटेकी हुन्। उनका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने मानन्धरको भनाई थियो।  बिहीबार डा केसीलाई भेट्न नायिका मनिषा कोइराला पनि पुगेकी थिइन्।  चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै डा केसी २१ दिनदेखि अनशनमा… विस्तृत समाचार

इक्यान मेलाको दोस्रो दिन २५ हजारद्वारा अवलोकन

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने र जाने सोचमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजित १२ औं बृहत इक्यान शैक्षिक मेलामा दोस्रो दिन पनि उत्साहजनक सहभागिता देखिएको छ । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको मेला पहिलो दिन बिहीबार १५ हजार विद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेको प्रथम सचिव एवम् मेला संयोजक दीपकराज भुषालले जानकारी दिए । विद्यार्थी तथा अभिभावकले एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली,… विस्तृत समाचार

​व्यवसाय र समाजसेवाको आवरणमा बाल यौनदुराचार, स्वीस नागरिक बौद्धमा पक्राउ

काठमाडौं, ४ साउन।   बाल यौनदुराचारको आरोपमा एक स्वीस नागरिक पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले ६६ वर्षिय पेटेर क्रिश्चियन लान्जेन्डोर्फलाई चुच्चेपाटीबाट पक्राउ गरेको हो।  फेसबुकमार्फत चिनजान गरेका एक किशोरलाई उनले होटलमा लगेर यौन दुराचार गरेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। पीडितलाई उनले आर्थिक प्रलोभनमा पारेर यौन दुराचार गर्दै आएका थिए।  उनले चुच्चेपाटीमा ट्रिगर इन तथा भक्तपुरको दरबार स्क्वायरमा द हेरिजेट इन नामक होटल चलाउँदै… विस्तृत समाचार

​भारतको महलीसागर बाँधले नेपालतर्फ सयौं बिघा खेत डुबानमा

कपिलवस्तु ।  सीमा क्षेत्रमा भारतले बाँध लगाउने र त्यसबाट नेपाली जनताको खेत डुबानमा पर्नु  सीमा क्षेत्रको मुख्य समस्या हो । भारतले सीमा क्षेत्र नजिकै बनाएको महलीसागर बाँध पनि यसैमध्येका नेपाली जमिन डुबाउने बाँधको रुपमा परिचित छ । वर्षायाममा महलीसागर बाँधले प्रत्येक वर्ष नेपाली जनताको बर्षभरिको खाने बाली धानलाई यसरी नै डुबानमा पार्ने गरेको छ । भारतले सिमा क्षेत्रमा बनाएको महलीसागर बाँधले मात्रै नपुगेर अस्थाई रुपमा… विस्तृत समाचार

​संसदमा अवरोध हटाउन मोदीको आग्रह

नयाँदिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् । उनले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी कांग्रेस र अरु दलका सदस्यसँग आग्रह गरेका हुन् । शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गरेका हुन् । यो संसदको वर्षे अधिवेशन भएकोले यसले कानुन निर्माणदेखि अरु धेरै काम गर्नुपर्ने भएको र सरकार कुनै पनि दलले… विस्तृत समाचार