ब्रेकिंग

​किन आक्रामक बन्दैछन् प्रधानमन्त्री ?

काठमाडौं । गत आइतबार बिहानै डिल्लीबजार ओरालोमा रहेको एक चियापसलमा ६७ वर्षीय तीर्थ अधिकारी भन्दैथिए, ‘हिजो दिउँसो माइतिघर मण्डलामा भेला भएका मान्छे देख्दा जनआन्दोलनको झल्को आयो ।’  उनको थप भनाइ थियो, ‘आन्दोलन गर्दा गर्दै पूरा जीवन बित्यो । गणतन्त्र आयो, दुईतिहाइको कम्युनिष्ट सरकार बन्यो । अब त न्याय माग्न फेरि मान्छे जम्मा हुनुपर्ने दिन आउँदैन होला भन्ने ठानेको थिएँ, होइन रहेछ । सामन्ती अवशेषहरू अझै… विस्तृत समाचार

​मुग्लिनमा सयौं यात्रु अलपत्र

चितवन । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चारकिलो भन्ने ठाउँमा बिहान साढे एक बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । रुखसहित पहाडको ढिस्को खसेपछि सडक अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । उनका अनुसार पहिरो निकै ठूलो खसेकाले पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको छ । सो ठाउँमा तीन लोडर… विस्तृत समाचार

​विवादित व्यक्ति बने प्रधानन्यायाधीश

काठमाडौं । संसदीय सुनुवाइ समितिले विवादित कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई नै प्रधानन्यायाधीशमा  अनुमोदन गरेको छ । मिश्रका विरुद्ध तीनवटा उजुरी परेको थियो । नेपालको संविधानअनुसार न्यायपरिषद्ले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि नाम सिफारिश गरेपछि प्रधानन्यायाधीशको नियुक्ति हुन्छ । तर, संविधानले भ्रष्ट आचरण भएको व्यक्तिलाई सर्वोच्च अदालतजस्तो गरिमामय संस्थाको प्रधानन्यायाधीश बन्नबाट रोक्नकै लागि संसदीय सुनुवाइ समितिको व्यवस्था गरेको छ । त्यही व्यवस्थाका कारण संवैधानिक परिषद्बाट सिफारिश भएका… विस्तृत समाचार

पत्रकारलाई जेल हाल्ने प्रावधान नसच्याए कडा आन्दोलनः अध्यक्ष आचार्य

काठमाडौं । नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले संविधानमै सञ्चारसम्बन्धी हकको व्यवस्था गरिएकोले उक्त व्यवस्थालाई कुण्ठित गर्ने अर्को कानुन जरुरी नरहेको स्पष्ट पारेका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले भने,‘मौलिक हकसम्बन्धी संविधानको धारा १९ मा सञ्चारसम्बन्धी हकको व्यवस्था गरिएकोले त्यसलाई कुण्ठित गर्ने अर्को कानुनको जरुरी छैन्।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले फौजदारी आचार संहिता ल्याउनुअघि… विस्तृत समाचार

​त्रिभुवन विमानस्थल सुधार्न प्रधानमन्त्री ओलीलाई गुहारियो

काठमाडौं । युवा प्रर्वद्धक एवम् पब्लिक ईनोभेटेर ई. दिपेन्द्र कँडेलले फागुनभन्दा अगाडिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) नबनाईए वर्तमान सरकारले ठूलो क्षति व्यहोर्ने बताएका छन् । साथै  उनले तत्काल विमानस्थल मर्मत तथा सुधार गर्न आफै पहल लिन समेत गुहार मागेका छन् । मंगलबार नागरिक उड्यन प्राधिकरण (क्यान) पदाधिकारीसँगको संक्षिप्त छलफलमा आफूले विमास्थलको धावनमार्ग जतिसक्दो छिटो बनाउनको लागि सुझाव दिएको सुनाउँदै कँडेलले भने, ‘तर, उहाँहरुको कुरा… विस्तृत समाचार

​पाटन क्याम्पसमा परिक्षार्थीहरुबीच कुटाकुट

काठमाडौं ।  स्नातकोत्तर तहको परिक्षा दिन पाटन संयुक्त क्याम्पसमा पुगेका विद्यार्थीहरुबीच परीक्षा केन्द्रमै कुटाकुट भएका छ । समाजशास्त्र संकाय अन्तर्गत एमए पहिलो सेमेष्टरको परिक्षा दिन पुगेका विभिन्न कलेजका विद्यार्थीहरुका बीचमा कुटाकुट भएको हो । प्रहरी आएर स्थितिलाई नियन्त्रणमा लिएको एक प्रत्यक्षदर्शीले दृष्टिन्यूजलाई बताए ।  विस्तृत समाचार

​महाधिवेशनपछिको अध्यक्षका लागि नेकपामा चलखेल शुरु

काठमाडौं । दुई वर्षभित्र  पार्टी महाधिवेशन गरी नयाँ अध्यक्ष छान्ने र सोही समयतिर नयाँ प्रधानमन्त्री पनि चयन गर्ने गरी नेकपाभित्र तानातान शुरु भएको छ । यसका लागि अहिले प्रदेश, जिल्ला, भातृ संगठनलगायत तल्ला कमिटीहरुमा आफ्नो पकड बलियो बनाउन नेताहरु लाग्न थालेका छन् ।  नेकपाको पारित विधानअनुसार दुई वर्षभित्र पार्टी महाधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । पार्टी महाधिवेशनले पार्टीको आगामी कार्यदिशा, विचार, सिद्धान्त, राजनीति, कार्यनीति, रणनीति,… विस्तृत समाचार

​नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भदौ १९ र २० गते हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेकपाका नेताहरु बैठक औपचारिक रुपमा स्थगित भएको जानकारी हालसम्म गराइएको छैन भने बैठक बस्ने वा नबस्ने कुनै खवर नपाएको स्थायी समिती सदस्य मुकुन्द न्यौपाने बताए ।  साउन २४ गते बसेको सचिवालय बैठकले यससम्बन्धी निर्णय लिन भन्दै भदौ ८ र ९ गतेका लागि स्थायी कमिटी… विस्तृत समाचार

​नेकपाभित्र नेतृत्व हत्याउने रणनीति

काठमाडौं । नेकपाको दुईतिहाइ बहुमतको सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । ओलीको पाँच महिने प्रगति विवरण हुन्दा ओली सरकारले निर्वाचनमा सार्वजनिक गरेको घोषणापत्रलाई पछ्याएको देखिएन ।  विभिन्न मन्त्रालयका मन्त्रीहरुले दिएको रिपोर्टलाई नै ओली सरकारको उपलब्धिका रुपमा सार्वजनिक गरियो । यसबाट जनता सन्तुष्ट छैनन् । गत साता सार्वजनिक गरिएको सरकारको पाँच महिने उपलब्धि कसको सल्लाहमा सार्वजनिक भएको थियो, त्यसले प्रधानमन्त्री ओलीमाथिको विश्वसनीयतालाई घटाउने… विस्तृत समाचार

​नातावाद, आफन्तवाद, कृपावाद, सामिप्यवाद अब चल्दैनः प्रम ओली

काठमाडौं ।  भ्रष्टाचारका विरुद्धमा शून्य सहनशीलता अपनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीहरुका विरुद्धमा आफूले गर्ने कारवाहीको स्वरुपका सम्बन्धमा पुनः प्रतिबद्धता व्यक्त गरेका छन् । आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमार्फत भ्रष्टाचारीमाथि कारवाही गर्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गर्दै भ्रष्टाचारीको अनुहार हेरेर नभई कारोबार र व्यवहार हेरेर दण्डित गर्ने प्रष्ट पारेका छको स्वरुपका सम्बन्धमा पुनः प्रतिबद्धता व्यक्त गरेका छन् । आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमार्फत भ्रष्टाचारीमाथि कारवाही गर्ने… विस्तृत समाचार