केन्द्रविन्दु

युद्धकविता सुन्दा रोए दर्शक–श्रोता

काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनी आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँँ संस्करणमा युद्धसाहित्यका परिकल्पनाकार, आख्यानकार तथा कवि गणेश राई आफ्ना एक दर्जन युद्धकवितासहित प्रस्तुत भए । पूर्वी नेपालको खोटाङ स्थायी घर भई हाल पूर्वी लन्डनमा बसोबास गरिरहेका राईले युद्धसाहित्यबारे संक्षेपमा प्रकाश पारिसकेपछि कविता लेखनबारे आफ्नो धारणासहित कविता वाचन आरम्भ गरेका थिए ।  २२ सेप्टेम्बरका दिन लन्डननजिकै हाईवेकमको क्लिनउड कम्युनिटी हाउसमा आयोजित… विस्तृत समाचार

​संसदीय समितिमा ६० प्रतिशत नेतृत्व सुखदः उपसभामुख

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिनुभएको छ । काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७ औँ सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘लैंगिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उहाँले भन्नुभयो, ‘विस्तारै व्यवहारमा लागू हुँदै… विस्तृत समाचार

सांसदद्वारा कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं । यातायात र खाद्य सामग्रीमा अवरोध नगर्न सांसदहरले माग गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनीहरुले सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् ।  बैठकमा सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरेकी छन् । उनले यातायातमा अवरोध हुँदा जनताले सास्ती पाउने बताउँदै यातायात निर्वाध रुपमा सञ्चालन हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन् । त्यस्तै, सांसद… विस्तृत समाचार

स्थानीयको अवरोधपछि काम ठप्प

म्याग्दी । अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेपछि एक सातादेखि निर्माण ठप्प भएको हो । ३१ भदौमा शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल कुरीलाबगरमा पुगेर काममा अवरोध गरेपछि निर्माणमा अवरोध पुगेपछि काम रोकिएको जनाइएको छ ।  प्रस्तावित… विस्तृत समाचार

​कुवेतमा बेचिएका दुई चेलीको दर्दनाक पीडा (भिडियोसहित)

काठमाडौं । कुवेतमा दलालमार्फत बेचिन पुगेका दुई नेपाली महिलालाई उद्दार गरी नेपालसम्म ल्याइएको छ । उनीहरुलाई वोर्क फर फाउन्डेसनले उद्दार गरेको हो । जसले विदेशमा बेचिएका नेपाली चेलीबेटीहरुकोे उद्दार कार्य गर्दै आएको छ । आर्थिक अवस्था, खान–लाउनको समस्या, बालबच्चाको रोदन, पारिवारिक दुखका कारण बाध्य भएर नेपाली चेलीबेटी विदेशमा केही कमाउन सकिन्छ कि भन्ने आशले हातमा पासपोर्ट बोकेर विदेशिन्छन् । कतिपयलाई फकाइपुल्याई गरेर विदेश पठाइन्छ । … विस्तृत समाचार

काजकिरिया सकाइएका जीवन टुप्लुक्क देखिए... !

पोखरा । अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । जीवनको आफन्तले काजकिरिया गरिसकेका थिए । भूकम्पका कारण मरेको भनी उनको काजकिरिया सकाइएको थियो ।  अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवनको २०७२ साल बैशाख १२ मा काठमाडौमा भूकम्पमा परेर मृत्यु भएको भन्दै काजकिरिया गरिएको थियो ।  काठमाडौको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी  सम्पकविहिन भएका… विस्तृत समाचार

काठमाडौं अस्तव्यस्त, मेयर र सचिव श्रीमतीसहित सरकारी खर्चमा अमेरिका घुमघाममा मस्त

काठमाडौं, ५ असोज ।  काठमाडौंमा फोहोर समेत उठाउन नसकेको भनेर आलोचना भइरहँदा मेयर, सचिवसहितका कर्मचारीहरु भने अमेरिका घुम्न व्यस्त छन् ।    मेयर विद्यासुन्दर शाक्य र प्रमुख कार्यकारी अधिकृत यादब प्रसाद कोइराला श्रीमतीसहित सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् । महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य  र कोइराला ९ जनाको टोली लिएर शनिबार अमेरिका गएको हो । टोलीमा महानगरपालिकाका कर्मचारीहरु साधुराम… विस्तृत समाचार

​एआईजी बढुवामा उजुरी परेन, डिआइजी बढुवामा चलखेल

काठमाडौं, ३ असोज ।  एआइजी बढुवा सिफारिस उपर कुनै उजुरी नपरेपछि सरकारले तीन डिआइजीलाई एआईजीमा बढुवा गर्न लागेको छ । गत साता बसेको बढुवा समितिको बैठकले डिआइजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजी बढुवामा सिफारिस गरेको थियो । उजुरी गर्न एक हप्ताको समय दिएकोमा कुनै उजुरी परेको छैन । स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले बढुवासँगै पदस्थापन समेत गर्ने छ ।  प्रहरी मुख्यालयका दुई विभाग… विस्तृत समाचार

नगर प्रमुख शाक्यका लागि बाल्टिमोरमा रात्रि भोज

विजय थापा  वासिंगटन डिसी । काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर स्वागत गरिएको छ । उनलाई बाल्टिमोरस्थित नेपाल हाउसमा भव्य स्वागत गरिएको हो । वरिष्ठ लोकगायक तथा महाबाणिज्य दुत प्रेमराजा महतले नगर प्रमुख शाक्यको स्वागतमा बाल्टिमोरमा रात्री भोजन समेत गरे । अमेरिकाको भ्रमणमा आएको काठमाडौं महानगरपालिकाका नगर प्रमुख शाक्यसहित विदेशी अतिथिहरुलाई समेतलाई महाबाणिज्य दुत प्रेमराजा महतलगायत नेपाली समुदाय तथा संघंसंस्थाका प्रतिनिधिहरुले स्वागत… विस्तृत समाचार

​राज्य हल्लाउन सक्ने बलात्कारी को हुन् ?

काठमाडौं । ‘सिंगो राज्य लाग्दा पनि अपराधी पक्राउ गर्न नसक्ने त्यस्तो शक्तिशाली बलात्कारी को होलान् ?’ धेरैको मुखबाट आजभोलि यही जिज्ञासा सुनिन्छ । दुई महिना पुग्न लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ नपरेपछि यस्तो प्रश्न उठ्नु स्वभाविक हो ।  यो जिज्ञासामा मुख्य दुईवटा अनुत्तरीत प्रश्न छन् । पहिलो, कतै राज्यले नै कोही ‘भिआइपी बलात्कारी’लाई जोगाएको त छैन ?  दोस्रो, नत्र यति धेरै… विस्तृत समाचार