अपराध

​सिआईबीको फन्दामा घर–जग्गा व्यापारी

काठमाडौैैं, १ साउन।   एक युवतीलाई ओमान लगेर बिक्रि गरेको आरोपमा प्रहरीले एक घरजग्गा व्यापारीलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक बाँसखर्क घर भई गोकर्ण बस्ने सुनिल कुमार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सोमबार पक्राउ गरेको हो।  उनले ओमान पु¥याइएकी एक युवतीलाई नेपाली दुतावासले २१ महिनापछि उद्धार गरेको थियो। उनलाई त्यँहा शारिरीक तथा मानसिक यातना दिइएको थियो। सो घटनामा संलग्न राजेन्द्र बाँनियालाई सिआइबीले जेठ २० गते पक्राउ गरेको… विस्तृत समाचार

एकपछि अर्को बलात्कार

वीरेन्द्र रावल, धनगढी । धनगढीमा दिनहुँ यौनजन्य हिंसाका घटनाहरु एक पछि अर्कोगरी बढ्दै जान थालेका छन् । समाजमा व्याप्त सबैखाले विसंगति, विकृति, चोरी, लुटपाट, ठगीजस्ता विभिन्न प्रकारका घटनाहरु पछिल्लो समय यस क्षेत्रमा बढ्दै जान थालेका छन् । यस क्षेत्रमा हुने अपराधिक क्रियाकलापहरुमा सबैभन्दा बढी बलात्कार, चोरी, यौन हिंसा आदि रहेका छन् भने, ती घटनाहरुमध्ये यौन हिंसा भयावहको अवस्थामा रहेको पाइन्छ । महिला अधिकारका बिषयमा सामान्य… विस्तृत समाचार

​बर्दिबासको होटलमा बलात्कार गर्ने दुबईमा पक्राउ

काठमाडौं,३२ साउन।  उपहार दिने प्रलोभनमा एक युवतीलाई बर्दिबासको होटलमा बलात्कार गर्ने युवकलाई प्रहरीले संयुक्त अरब इमिरेट्स(यूएई)बाट पक्राउ गरी नेपाल ल्याएको छ। सिन्धुलीको मनिणठाकुर– ४ घर भएका सिंह लाल थिङलाई प्रहरीले यूएईबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको हो।   गत असोज ६ गते बर्दिबासको होटल विनायकमा उनले एक युवतीलाई बलात्कार गरेका थिए। विदेशबाट उपहार ल्याइदिएको भन्दै होटलमा भेट्न बोलाएर उनले धाक धम्की दिई बलात्कार गरेको थिए।  घटनापछि… विस्तृत समाचार

घुससहित रंगेहात इन्जिनियर पक्राउ

जाजरकोट । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव घुसहित पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।  उनलाई सोमबार बिहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् । विस्तृत समाचार

अवैध शिशु हत्या अभियोगमा जन्मकैद

जाजरकोट । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो ।  जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो ।  शिव व्यावसायिक मावि, कालेगाउँमा कृषि विषयको जेटिए अध्ययन गर्नका लागि भेरी नगरपालिका–१ रावतगाउँमा… विस्तृत समाचार

​यौन सम्बन्धका कारण काभ्रेमा अनौठो अपराध

काभ्रे, असार २१।  कुखुरा खोरमा सम्बन्ध राखेको देख्ने बालिकाको काभ्रेमा हत्या भएको छ। शारिरीक सम्बन्ध राखेको देखेपछि होहल्ला हुने डरले युवक– युवतीले १० वर्षिया बालिकाको हत्या गरेका छन्। हत्यापछि भाग्ने क्रममा स्थानीयहरुले उनीहरुको समेत हत्या प्रयास गरेका छन्।   काभ्रेको तिमाल गाउँपालिका–१ आधा बाटोमा बुधबार भएको घटना हो। घर बनाउने काम गर्न सो गाउँ पुगेका बारा गतहला गाउँपालिका–४ घर भएका २३ वर्षीय जोखन मन्सुरीले एक स्थानीय… विस्तृत समाचार

​ज्वाइँको रड प्रहारबाट ससूराको मृत्यु

स्याङ्जा ।  ज्वाइँले रडले प्रहार गर्दा घाइते भएका स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको मृत्यु भएको छ ।  निजकै आफ्नै छोरी ज्वाइँ खुमबहादुर थापाले १७ असारको राति रड प्रहार गरेका थिए । त्यसपछि घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।  छोरी ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते… विस्तृत समाचार

​ठमेल र कालिमाटीमा गुन्डागर्दी गर्ने २ पक्राउ

काठमाडौं, २० असार।  प्रहरीले राजधानीमा टोले गुन्डाविरुद्ध कारबाही बढाएको छ। ठमेल र दरबारमार्ग क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ।  होटल, डिस्को तथा रेस्टुरेन्टमा धम्काएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गले रामेछाप तिनथुङग घर भएका विमल लुंगेली मगरलाई पक्राउ गरेको हो।  सोमबार बेलुका उनलाई दरबारमार्गको किंग्स लाउन्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।  केही दिन अघि प्रहरीले गुन्डागर्दीको… विस्तृत समाचार

‘विश्वकप’मा बाजी खेलाउने ३ फक्राउ

काठमाडौं । ‘विश्वकप’मा विभिन्न देशको हार–जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिसँग अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका  २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६… विस्तृत समाचार

​पत्नीलाई ‘अलबिदा’ लेखेर हाकिम बेपत्ता

काठमाडौं । लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको साता दिनपछि उनले परिवारको नाममा लेखेको अन्तिम पत्र सार्वजनिक भएको छ । महानरपालिकाले जिल्ला प्रहरीको रोहवरमा पत्र सार्वजनिक गरेको हो । पौडेलले घर छाड्नुअघि आफ्नी पत्नीलाई सम्बोधन गरेर एउटा नोट छाडेका थिए । उक्त नोटमा ‘पत्नीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने’ उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ‘तीन फूललाई राम्ररी हेरविचार’… विस्तृत समाचार