दृष्टिकोण

​संविधानले ‘विद्रोह’ जन्माउन सक्छ

शम्भु श्रेष्ठ । चौथो संविधान दिवस मनायौं । संविधानका बारेमा विभिन्न गुलिया भाषणमा रमायौं । संविधानसभाबाट जारी भएको यो संविधानलाई एकथरिले उत्कृष्ट संविधान भनिरहेका छन् । अर्काथरि संविधान दिवसलाई ‘कालो दिवस’भनिरहेका छन् । उत्कृष्ट र कालो भन्ने दुवै सरकारमा छन् । लोकतान्त्रिक व्यवस्था भनेको संसारकै सबैभन्दा खत्तम व्यवस्था हो भनिन्छ । तर, यो भन्दा अर्को उत्तम व्यवस्था नभएकोले लोकतान्त्रिक व्यवस्थालाई नै राम्रो भन्नुपरेको छ । संविधान… विस्तृत समाचार

​सरकारको उल्टो यात्रा

निमकान्त पाण्डे । हाम्रो देश यतिबेला ‘सुखी नेपाली, समृद्ध नेपाल’को चौतर्फी विकासको अभियानमा अग्रसर भइसकेको हुनुपर्दथ्यो, तर दुर्भाग्य नै हो त्यसको ठीकविपरीत देशमा अनेकौं घटनाहरु घटिरहेका छन् । जुन घटनाहरुप्रति प्रधानमन्त्री केपी शर्मा ओली बेखबरजस्तै बनेका छन् । देशलाई कुन बाटोमा लैजाने भन्ने कुरा सरकारमा निर्भर गर्दछ । जुनसुकै देशमा पनि सरकारको इच्छाशक्तिले नै देशको विकास हुने हो ।  लामो समय देखि सशस्त्र द्घन्द्घको सामना… विस्तृत समाचार

​स्वतन्त्र प्रेसमाथि धावा

रवीन्द्र श्रेष्ठ । राणा शासन ०७ सात सालको सशस्त्र क्रान्तिले ढालेको थियो । तर राणा शासनका पे्रतात्माहरुले शासन सत्ता छाडेनन् । पञ्चायती तानाशाही व्यवस्था ०४६ सालको जनआन्दोलनले ढालेको थियो । तर पञ्चायती पे्रतात्माहरुले पनि शासन सत्ता छोडेनन् । संवैधानिक राजतन्त्र र लोकतन्त्रको आवरण ओढेको बहुदलीय संसदीय व्यवस्था, जनयुद्ध र जनआन्दोलनले ढालेको थियो । तर त्यसका प्रेतात्माहरुले शासन सत्ता छोडेका छैनन् । ती मृत व्यवस्थाका भूतपे्रतले… विस्तृत समाचार

​खोई नेपालमा प्रेस स्वतन्त्रता ?

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) । लोकतान्त्रिक देशमा प्रेसको भूमिका महत्वपूर्ण हुन्छ । यसले मानव–मूल्यको गरिमालाई जोगाएर राख्दछ । प्रेस भनेको व्यक्तिको राजनीतिक र सामाजिक अधिकारको रक्षा गर्ने सशक्त माध्यम हो । प्रजातन्त्रको जननी बेलायतले प्रेसलाई राष्ट्रको चौथो अंग मानेको छ । यस्तै छिमेकी भारतको लोकतन्त्रले पनि प्रेसलाई विधायिका, कार्यपालिका र न्यायपालिकापछि चौथो स्तम्भकै रुपमा सम्मान गरेको छ । नेपालमा २००७ सालपछि जति पनि जनआन्दोलन भएका… विस्तृत समाचार

​स्वतन्त्र प्रेसमाथि कालो बादल

शम्भु श्रेष्ठ । गणतान्त्रिक नेपालमा प्रेस स्वतन्त्रतामाथि कालो बादल मडारिन थालेको छ । स्वतन्त्र प्रेसको लागि यो शुभसंकेत होइन । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली प्रेसमाथि दुईतिहाइको सरकारले अंशुक लगाउन नयाँ मुलुकी ऐन कार्यान्वयनमा ल्याएको छ । यो ऐन कार्यान्वयनको प्रारम्भमै प्रहरीले पत्रकारहरु थुन्ने र पत्रकारहरुसँग बयान लिने काम गरेको छ । जुन विषयलाई लिएर प्रहरीले पत्रकार थुन्ने र पत्रकारसँग बयान लिने काम… विस्तृत समाचार

​भारतलाई नेपालको दह्रो झट्का

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) । हालै ३०–३१ अगस्तमा नेपालमा आयोजित विमस्टेक सम्मेलनमा भाग लिएर फर्केपछि नेपालले भारतलाई दह्रो झट्का दिएको छ । पहिले पुणेमा आयोजित बिमस्टेक सैन्य अभ्यासमा भाग लिन अस्वीकार ग¥यो भने अहिले चीनसँग सेप्टेम्बर १७–२८ सम्म १२ दिनको सैन्य अभ्यास गर्न चीन जाँदैछ । बताइएअनुसार नेपालले यसो गरेर भारतको चह¥याउँदै गरेको घाउमा नून छर्कने काम गरेको छ । टाइम्स अफ इन्डियासँग सोमबार नेपाली सेनाका… विस्तृत समाचार

मुख्यमन्त्रीको भेला र संघीयताको कार्यान्वयन, निकम्मा बन्यो प्रदेश सरकार

डी.आर.घिमिरे । मुख्यमन्त्रीहरुको पोखरामा भएको भेलाले संघीयताको कार्यान्वयनमा केही समस्याहरु छन् भन्ने कुरालाई स्पष्ट ढंगले सस्थागत रूपमा राखेको छ । नेपाली मोडलमा रहेको संघीयता अनुसार हामीकहाँ तीन तहको सरकार छ । त्यसमध्ये केन्द्र र स्थानीय तहको बीचमा रहेको प्रादेशिक सरकार अहिले सबैभन्दा कमजोर देखिएको छ । शायद यही कारणले मुख्यमन्त्रीहरुले भेला गर्नुपर्ने अवस्था सिर्जना भयो ।  एक्लै पार नलागेपछि सँगठित रूपमा लड्नुपर्ने हुन्छ । शायद… विस्तृत समाचार

​निराशामै बित्यो मोदीको कार्यकाल

​रवीन्द्र श्रेष्ठ । भारतमा अर्को वर्ष आम चुनाव हुँदैछ । मोदी प्रधानमन्त्री भएको चार वर्ष पूरा भइसकेको छ । अब भारतमा चुनाव लाग्न शुरु भएको छ । यही आइतबार विजेपीको कार्यकारी समिति अर्थात् केन्द्रीय वैठकमा मोदीले आगामी चुनावको लागि नयाँ नारा दिएका छन् ः अजेय भारत, अटल विजेपी ।  आजभोलि भन्दाभन्दै पाँचवर्षे कार्यकाल जान बेर लाग्दैन भन्ने तथ्य मोदीको पाँचवर्षे बहुमतीय प्रधानमन्त्रीत्वकाल सकिन लागेकोबाट पनि प्रष्ट हुन्छ… विस्तृत समाचार

ओलीको सपना पूरा गर्दै चीन

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) । भारतीय नाकाबन्दीताका प्रधानमन्त्री केपी शर्मा ओलीले सन्  २०१६ मार्च २०–२७ तारिखमा चीन भ्रमण गरेर चीनसँग जुन ऐतिहासिक व्यापार तथा पारवहन सन्धि गरेका थिए, त्यसको बिट मार्ने काम गत शनिबार नेपाल–चीनबीच सम्पन्न भएको पारवहन सम्झौताको प्रोटोकल (प्रारुप)मा भएको ऐतिहासिक सहमतिबाट भएको छ । यसले नेपालको भारत निर्भरतालाई अन्त्य गरेको छ । यो सहमतिसँगै नेपाल–चीन सम्बन्ध सगरमाथाको उचाइमा पुगेको छ । यो… विस्तृत समाचार

​जुन जोगी आए पनि...

शम्भु श्रेष्ठ । देशकै दुर्भाग्य भन्नु पर्ला, सर्वोच्च अदालतका प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा नियुक्त गर्नुपर्ने व्यक्ति स्वच्छ छवि र निष्कलंक भेट्टाउन मुस्किल भयो । गोपाल पराजुलीमाथि पनि अनेकौं आरोप लाग्यो र प्रधानन्यायाधीशबाट राजीनामा दिएर हिंड्नुपर्ने बाध्यता उनीमाथि आइलाग्यो । त्यसपछि न्यायपरिषद्ले वरिष्ठ भनेर प्रधानन्यायाधीशमा सिफारिश गरेका दीपकराज जोशीको हालत पनि हात्ती छि¥यो पुच्छर अड्कियो जस्तो भयो । जोशीमाथि संसदीय सुनुवाइ समितिले अनेकौं आरोप लगायो र… विस्तृत समाचार