फ्लास

​निको भएर फर्किन प्रचण्ड पत्नि सिता

काठमाडौं ।  उपचारको लागि सिंगापुर पुगेका नेकपा (नेकपा)का अध्यक्ष प्रचण्ड पत्नी सिता दाहाल निको भएर आइतबार साँझ स्वदेश फर्केकी छिन् । छोराको निधनपछि शोकमा डुबेर जीउ दुख्ने, पोल्नेलगायतका रोगले थलिएका दाहालको सिंगापुरमा विशेष थेरापीमा राखेर उपचार गरिएको थियो ।  अध्यक्ष प्रचण्डको निजि सचिवालयले दिएको जानकारी अनुसार सिता दाहालको सिंगापुरस्थित एमटि. एलिजाबेथ अस्पतालमा रोगको पहिचान गरी उपचार पश्चात स्वास्थ्य स्थितिमा राम्रो सुधार आएको छ । दाहालाई… विस्तृत समाचार

विद्युत चोरी रोक्न मन्त्रीद्वय बादल–अनन्तले संयुक्त अप्रेसशन चलाउने

काठमाडौं । लोडसेडिङ हटाउनको लागि महत्वपूर्ण भूमिका खेलेको सरकारले अब विद्युत चुहावट नियन्त्रण गर्न प्रभावकारी कार्य गर्ने भएका छन् । बुधवार गृहमन्त्री राम बहादुर थापा बादल र उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तबीच भएको छलफलमा दुवै मन्त्रालय मिलेर विद्युत चोरी गर्नेका विरुद्धमा अप्रेशन सञ्चालन गर्ने सहमति भएको छ ।  विद्युत चोरी नियन्त्रणका उपाय पहिल्याउने विषयमा बुधवार गृहमन्त्रालयमा दुई घण्टा लामो छलफल भएको थियो ।… विस्तृत समाचार

​लैनचौरस्थित भारतीय दुताबास अगाडि प्रदर्शन

काठमाडौं । नेपालमा भारतीय हस्तक्षेपको विरुद्धमा सशक्त रुपमा आवाज उठाउँदै आएको  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नामसहितका संस्थाहरुले बिहिवार काठमाडौंस्थित भारतीय दुताबास अगाडि प्रदर्शन गरेको छ ।  ग्रेटर नेपाल राष्ट्रवादीमोर्चा, सिमानामाकाँडेतार अभियान र राष्ट्र निर्माणशक्तिनामकतीन संगठनको संयुक्त आयोजनामा बिहिवार दिउँसो ३ः३० बजे भारतीय राजदूतावास अगाडी प्रदर्शन गरेको हो । साथै तीन वटै संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र समेत बुझाएका छन् ।  भारतको लोक सभाका सदस्य कीर्ति… विस्तृत समाचार

​राष्ट्रिय झण्डाको अपमानमा प्रदेश २ का प्रमुख सचिवसँग स्पष्टीकरण

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणको क्रममा जनकपुरमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डाको अपमान गरिएको सन्दर्भमा प्रदेश नं २ का प्रमुख सचिवसँग केन्द्र सरकारले स्पष्टिरकण सोधेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका हुन् । मन्त्रालयले सचिव सिंहसहितका… विस्तृत समाचार

सेडाको २२ औं स्थापना दिवस सम्पन्न

काठमाडौं, २० फागुन । ललितपुरको गोदावरीमा रहेको सूर्योदय शैक्षिक विकास प्रतिष्ठान (सेडा) विद्यालयको २३ स्थापना दिवस भव्य रुपमा मनाइएको छ ।  गोदावरी नगरपालिकाको उपमेयर मुना अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न भेषभुषाका नृत्य, नाटक, विट बकस, गित तथा मार्शल आर्ट प्रदर्शनी गरिएको सो विद्यालयले जनाएको छ ।  तीन दिनदेखि विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयले शनिवार आयोजित कार्यक्रममा बिजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो ।… विस्तृत समाचार

​खतिवडा किन पुगे भट्टराई आश्रममा ?

काठमाडौं, ६ पुस । प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसको पराजय भएपछि कांग्रेसका युवानेताहरु छलफलमा जुटेका छन् । पार्टी नेतृत्वको असफलताका कारण पार्टीले पराजय भोग्नुपरेकाले पार्टी केन्द्रीय समितिमा छलफल गर्नुपर्ने, आवश्यक परे विशेष महाधिवेशन नै गरेर पार्टीको नेतृत्व नै परिवर्तन गर्नेबारेमा युवानेताहरु छलफलमा जुटेका छन् ।  कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष वा रामचन्द्र पौडेल समूह दुवैपक्षका युवाहरु पार्टीको असफलताको समीक्षामा जुटेका छन् । पार्टीका नेता प्रकाशमानसिंह… विस्तृत समाचार

दूरसंचार प्राधिकरणका अध्यक्ष झाको नियुक्तिपत्र मन्त्रीको खल्तीमा

काठमाडौं, ५ कार्तिक । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पुनर्नियुक्ति भएको समाचार सोमबार अनलाइनहरुमा पोष्ट गर्न लगाए । तर उनले नियुक्तिको पत्र पाएका छैनन् । उनको नियुक्तिको पत्र बोकेर सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकमा चुनावी सभामा भाषण गरिरहेका छन् । अघिल्लो हप्ता कार्तिक २७ को मन्त्रिपरिषद बैठकको माइन्युटमा उनको पुनर्नियुक्तिको निर्णय लेखी सचार मन्त्रालयलाई जानकारी पठाए पनि झाले नियुक्तिपत्र पाएका छैनन्… विस्तृत समाचार

​माले र जनसमाजवादी पार्टीको ९० प्रतिशत क्षेत्रमा उम्मेदवारी

काठमाडौं, २६ कात्तिक ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा(माले) र जनसमाजवादी पार्टीले  पनि सहकार्य गरेका छन् । गठबन्धनस“गै दुवै पार्टीले देशभरी साझा उम्मेदवार उठाएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् । नेकपा मालेका अध्यक्ष सिपी मैनाली र जनसमाजवादी पार्टीका अध्यक्ष शुभासचन्द्र काफ्ले पाँच वर्षका लागि सहकार्य गर्ने सम्झौता गरेका हुन् ।  दुई पार्टीबीच भएको समझदारीअनुसार हसिया र तारा चुनाव चिन्हमा लड्ने भएका छन् ।… विस्तृत समाचार

श्रेष्ठ परिवारद्वारा ६० लाखको जग्गा स्वास्थ्य चौकीलाई दान

पर्वत, २० कात्तिक ।  यहाँको एक परिवारले ६० लाख रुपैयाँ बराबरको जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन् । पर्वतको नाग्लीवाङ गाविस– ८ हटियाका चक्र बहादुर श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, उमा लग्मी श्रेष्ठ, हिरा बहादुर श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, रुद्र बहादुर श्रेष्ठ र भिम बहादुर श्रेष्ठले ५ रोपनी जग्गा स्वास्थ्य चौकी नाग्लीवाङलाई प्रदान गरेका हुन् । करिब ६० लाख मूल्य पर्ने पर्ने उक्त जग्गा सोमबार स्वास्थ्य… विस्तृत समाचार

​मृगौलारोगीलाई कुबेतबाट सहयोग

काठमाडौं, ३१ असोज  दुवै मृगौला फेल भएर उपचार गराइरहेका काभ्रे नमोबुद्ध – ५ का गोपिलाल जोशीलाई कुबेतमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । नमोबुद्ध स्थायी घर भएकै राम पौडेलको अग्रसरतामा २६ हजार ६ सय ६५ रुपैयाँ सहयोग जम्मा गरी जोशीलाई हस्तान्तरण गरिएको हो ।  मानव अंग प्रत्यारोपन केन्द्रमा डायलसिस गराउदै आएका जोशीको मृगौला प्रत्यारोपनका लागि चिकित्सकले प्रयास गरिरहेका छन् । कमजोर आर्थिक अवस्था भएका जोशीलाई… विस्तृत समाचार