खबर

सडक निर्माणका अवरोध हटाउने समझदारी

काठमाडौं । भूकम्पीय आकस्मिक सहायता आयोजना (इइएपी) अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकमा देखापरेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधान गर्ने समझदारी भएको छ ।  एशियाली विकास बैंकको सहयोगमा पुनःनिर्माण भइरहेका पाँचखाल–मेलम्ची (काभ्रे–सिन्धुपाल्चोक) तथा धादिङ–गोरखा सडकको कार्य अघि बढाउने सन्दर्भमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आयोजित बैठकमा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो जिम्मेवारीको बाँकी कामलाई समन्वय गरी अघि बढाउने बताएका छन् ।   नेपाल विद्युत प्राधिकरणका… विस्तृत समाचार

​मधुमेहका कारण आँखामा असरसम्बन्धी सचेतना सप्ताह

काठमाडौं । मधुमेह र परिवार भन्ने मुल भावका साथ  यस वर्षको विश्व मधुमेह दिवस ‘मधुमेह ः हरेक परिवारको सरोकार ’ भन्ने नारा अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले कात्तिक २५ देखि ३० गते सम्म मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाउदै छ । यस अन्तर्गत मधुमेहको आँखामा असर सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिएको छ । तिलगंगाले सुरु गरेको डायवेटिक रेटिनोप्याथी दिवस लाई यस… विस्तृत समाचार

​देउसीबाट विपद व्यवस्थापन कोषमा साढे २ लाख रुपैयाँ संकलन

पोखरा । युनाइटेड क्लब पोखराले विपद व्यवस्थापन कोष स्थापनाका लागि आयोजना गरेको देउसीभैलोमा दुई लाख ५० हजार रुपैयाँ  संकलन भएको छ । क्लबका अध्यक्ष लालकाजी गुरुङले संकलित रकमबाट विपद व्यवस्थापन कोष खडा गरी प्राकृतिक विपत्तिबाट पीडित हुनेहरुलाई तत्काल सहयोग प्रदान गरिने बताए । दीपावलीको अवसरमा क्लवले हरेक वर्ष देउसीभैलो कार्यक्रम गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यसअघि भैलो खेलेर क्लवले यहाँको अमरसिंह चोक… विस्तृत समाचार

​अल्बानी मधेशी समाजद्वारा न्यूयोर्क अमेरिकामा महापर्व छठ

काठमाडौं । महानपर्व छठको हिन्दू धर्ममा छुटै महत्व छ । यो पर्वलाई परदेशमा पनि रही आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र महापर्व छठलगायत मधेशी संस्कृतिलाई विश्वसामू चिनाउन अल्बानी मधेशी समाज, न्यूयोर्क अमेरिकाका मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दू मन्दिरको पोखरीमा यो पर्वको आयोजना गर्न अग्रसर भएका छन् । यसै क्रममा ११ नोवेम्बेरको नहाय खायबाट शुरु हुने पर्व ४ दिनसम्म चल्ने र १३… विस्तृत समाचार

​भ्रष्टाचारमा अख्तियारकै मिलेमतो

काठमाडौं । अस्थिर सरकारका कारण भ्रष्टाचार बढेको महसुस गर्दै २०७४ को निर्वाचनमा नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाईकै हाराहारीमा बहुमत दिए । दुईतिहाईको नेकपाको सरकारको आगमनपछि सुशासन कायम हुने र विकासले फड्को मार्ने अपेक्षाका साथ मत दिएका जनता सरकारका ८ महिनाको प्रारम्भिक कदम हेर्दा निराश हुनुपर्ने भएको छ । ठूला आयोजना निर्माणमा भएको ढिलाइ र गुणस्तरहीन निर्माणका कारण बर्दियाको जब्दी पुल र सिक्टा सिंचाई भत्किएको… विस्तृत समाचार

​श्रम सम्झौता हात्ती आयो फुस्सा

काठमाडौं । नेपाल र मलेसियाबीच ठूलो तामझामका साथ श्रम सम्झौता भयो । तर त्यसको तत्कालै कार्यान्वयन नहुँदा हात्ती आयो फुस्सा जस्तो भएको छ । यसले दुई देशबीचको सम्बन्धमै आशंका बढाएको छ । नेपालसँग श्रम सम्झौता गर्न मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले त्यहाँका मानव संशाधन मन्त्री एम कुलासेगरनलाई नेपाल पठाएका थिए । मलेसिया सरकारले नेपाली युवालाई मलेसियाको सेक्युरिटी गार्ड र अन्य क्षेत्रमा प्राथमिकतामा राखेको छ । तर… विस्तृत समाचार

​कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको भन्दै खारेजीको माग

काठमाडौँ । कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिनअघि परीक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका १ स्थित ऐतिहासिक कालिञ्चोकमाई भगवतीलाई माध्यम बनाई कालिञ्चोक दर्शन लिमिटेड (केवुलकार) खोलिएकोमा बिरोध जनाएको हो ।  संघर्ष समितिका अध्यक्ष पासाङ तामाङको सभापतित्वमा सम्पन्न पत्रकार… विस्तृत समाचार

​डिएसपी कोइराला प्रदेश १ का उत्कृष्ट प्रहरी

विराटनगर, ८ कात्तिक ।  इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद कोइराला आश्विन महिनाको सर्वोत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत भएका छन् ।   विभागिय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने कार्यहरु सम्पादनमा उनी सर्वाेत्कृष्ट भएका हुन् ।  आश्विन महिनामा जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, लागू औषध, चोरी जस्ता… विस्तृत समाचार

मनाङको तातोपानी कुण्डमा पर्यटकको भीड

लमजुङ । पर्यटक आगनमनको मौसम सुरु भएसँगै हिमाली जिल्ला मनाङमा बाह्य तथा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ मा रहेको प्राकृतिक तातोपानीमा मनाङ जिल्लाको सदरमुकाम चामे बजार अचेल पर्यटकहरूको भीडले भरिएको छ । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु चामेमा एक दिन बसेर मात्र यात्रा गर्ने गरेको पाइन्छ । कारण, थकान साथसाथै चामे बजार तथा आसपासको दृश्य अवलोकन रसस्वादनका… विस्तृत समाचार

​जनतामाथि कर थोपरेको भन्दै ज्ञानेन्द्र शाहले शुभकामनामार्फत सरकारको आलोचना

काठमाडौं । सरकारमाथि चौतर्फी प्रहार भइरहेको समयमा पूर्व राजा ज्ञानेन्द्र शाहले समेत दशैंको अवसरमा शुभकामना सन्देशमार्फत जनतामाथि कर थोपरेको भन्दै आलोचना गरेका छन् । यस वर्षको बडा दशैंको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाह एक शुभकामना सन्देश जारी गर्दै अहिलको परिस्थितिमा देश कसरी बचाउने भन्ने कुरा समग्र नेपालीको साझा चिन्ता हुनुपर्ने बतएका छन् । उनले राजनीतिक पार्टीका नेताहरुलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै जारी शुभकामना सन्देशमा देश… विस्तृत समाचार