मध्य

​भरतपुर महानगरपालिकाको बजार व्यवस्थापनप्रति भ्रम सिर्जना नगरियोस्

चितवन । भरतपुर महानगरपालिकाले महानगरको बजार व्यवस्थापन कार्यप्रति भ्रम सिर्जना गरिएकोमा त्यस्तो कार्यप्रति खेद प्रकट गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले विज्ञप्ति जारी भरतपुर महानगरपालिकाले तोकेको स्थानमा गई आ–आफ्नो व्यवसाय गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आउँदा दिनमा व्यवस्थापनमा खटिएका प्रहरी, ट्राफिक प्रहरी तथा नगर प्रहरीहरुको मनोबल घटाउने खालका कुनै पनि गतिविधि नगर्न र त्यसो गरिएको पाइएमा कडा… विस्तृत समाचार

​अक्सफामभित्र धन्दैधन्दा

काठमाडौं । संयुक्त राष्ट्रसंघले न्यूनतम क्षतिमा विकास गर्ने उद्देश्यले सन् २०१५ देखि २०३० सम्म हासिल गर्ने लक्ष्यको रुपमा दिगो विकासलाई अघि सारेको छ । राष्ट्रसंघीय विकास लक्ष्यलाई पछ्याएको भनेर दावी गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था अक्सफाम नेपालले सुधारको काम भन्दा पनि बजेट सिध्याउने, परामर्शदाता तथा कर्मचारीले लाभ लिनेतर्फ केन्द्रीत हुन थालेपछि विवादमा परेको छ । भूकम्पपछि पुननिर्माण गर्नेभन्दै धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा अक्सफामले गरेको… विस्तृत समाचार

​माओवादीको बैठकस्थल पालुङटारमा पूर्व राजपरिवार सदस्यको जमघट

काठमाडौं । राजतन्त्रको अन्त्यलाई राजनीतिक एजेण्डा बनाएर १० वर्षसम्म सशस्त्र संघर्ष गरेको नेकपा माओवादीले २०६७ सालमा भव्य रुपमा विस्तारित बैठक आयोजना गरेको पालुङटारमा पूर्व राजपरिवारका सदस्यहरु कोमल, पारस र हिमानी शाह पुगेर एक विद्यालय उद्घाटन गरेका छन् ।  हाल नेपाल कम्युनिष्ट पार्टीको नाममा एमालेसँग पार्टी एकता गरेको तत्कालिन एकीकृत नेकपा माओवादीमा विभाजन बिऊ रोपिएको गोरर्खा जिल्लाको पालुङटार बैठक २०६७ मा बसेको थियो । माओवादीको छैठौं… विस्तृत समाचार

दुई किलो अबैध सुन बिक्री गर्ने पक्राउ

चितवन । बजारमा सुन अभाव झेलिरहेका व्यवसायीलाई कालोबजारीमा सुन बिक्री गर्ने कार्यमा संलग्न सुन पसलका व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीले नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलका सञ्चालकलाई पक्राउ गरेको हो । प्रहरीले सुन चाँदीका साथै १२ लाख रुपैयाँ नगद पनि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भारत महाराष्ट्रको साङ्ली जिल्ला… विस्तृत समाचार

​बलात्कारका घटना अन्त्यको माग गर्दै मन्त्री समक्ष मागपत्र

सुर्खेत । नेपाल युवा संस्था सञ्जाल (आयोन) कर्णाली प्रदेशले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई पाँच बुँदे मागपत्र बुझाएको छ । देशभर बालिकाहरु माथि भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गर्दा कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागि पहल गर्नु पर्ने भन्दै संस्थाले मागपत्र बुझाएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले बताएकी छन् । आयोको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण… विस्तृत समाचार

​कानून विपरीत कर नउठाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

बुटवल ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनतालाई खुशी बनाएर कर तिर्ने र लिने संस्कृतिको विकास गर्न स्थानीय तहलाई निर्देशन दिएका छन् । साथै उनले कानुन विपरित कर असुली नगर्न समेत कडा निर्देशन दिएका छन् । स्थानीय तहहरुले आफूखुशी कर असुलेको भन्दै चर्को आलोचना र टिकाटिप्पणी भएपछि प्रदेश सरकारले कर प्रणाली र राजस्व सम्बन्धमा स्थानीय तहहरुसाग गरेको छलफलमा मुख्यमन्त्रीले कानून विपरीत कर नउठाउन स्थानीय… विस्तृत समाचार

​दाङमा गिद्ध दिवस मनाइने

तुलसीपुर । दाङमा दशौ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाउन लागीएको छ । पर्यावरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्रले भदौ १४ गते बिहीबार दिवस मनाउन लागेको संस्थाका कार्यक्रम संयोजक तुल्सीराम वलीले जानकारी दिएका छन् । घोराही उपमहानगरपालीका वडा नं. २ को चरीङ्गे तालमा प्रदेश सभामुख पुर्ण बहादुर घर्तीको उपस्थितमा दिवस मनाउन लागिएको वलीले जानकारी दिए । नेपालका विभिन्न जिल्लामा गिद्ध संरक्षणका क्षेत्रमा काम गर्दै आएका… विस्तृत समाचार

​रौतहट डुङ्गा दुर्घटनामा बेपत्ता पाँच जनाको शव भेटियो

काठमाडौं ।  रौतहटको टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार दुर्घटनाग्रस्त डुंगामा सवार पाँच जनाको सव भारतमा फेला परेको छ । पाँच दिनदेखि बेपत्ता उनीहरुको शव भारतमा फेला परेको प्रहरीले जनाएको छ ।  पप्पु कन्ट्रक्सनले निमार्णको क्रममा अलपत्र छोडेको पुलको पिल्लर ठोक्किएर दुर्घटनाग्रस्त बनेको डुङ्गाबाट २४ जना पौडेर बाँच्न सफल भएका थिए भने पाँच जना बेपत्ता थिए । बेपत्ताहरु सबैको शव भेटिएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा बेपत्ता… विस्तृत समाचार

​चितवन कृषि विश्वविद्यालयको कथा व्यथा

शान्ता अधिकारी, चितवन । चितवनको रामपुरमा विगत ५० वर्ष अगाडिदेखि सञ्चालन हँुदै आएको कृषि तथा वन विज्ञान विश्वविद्यालय पटक–पटक विवाद आउने गरेको छ । कहिले विद्यार्थी, कहिले प्राध्याप त कहिले कर्मचारका कारण बन्द हुदै आएको कलेज अहिले फेरि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिएपछि भएको निर्णय सरकारले खारेज गरिदिए पनि समस्या समाधान नभइ नयाँ शिराबाट फेरि विवाद शुरु भएको छ ।   सम्बन्धन पाएका कलेजहरुले आफूहरु मर्कामा… विस्तृत समाचार

​हेटौडा–काठमाडौं सुरुङमार्ग खारेज हुँदै

दृष्टि संवाददाता हरेक कुरा निजि क्षेत्रलाई सुम्पनु पर्दछ भन्दै एकाथरी सरकारी संरचनाको विश्वास नै गर्दैनन् । तर, निजि क्षेत्रले जिम्मा लिएको पहिलो विकास परियोजना खारेज हुने भएको छ । निजि क्षेत्रबाट पहिलो पटक विकास पूर्वाधारमा लगानी गर्ने भन्दै तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ठाडो निर्देशनमा सरकार र पूर्वाधार विकास कम्पनी लि.बीच २०६९ सालमा निर्माण सम्बन्धी सम्झौता खारेज हुने लगभग निश्चित भएको छ । तर, सो… विस्तृत समाचार