प्रमुख खबर

​बालुवाटार पुगेर प्रधानमन्त्रीलाई देउवाको चेतावनी ?

काठमाडौं, ५ साउन।  आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। उनले आन्दोलनमा बल प्रयोग नगर्न समेत आग्रह गरेका छन्।    शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो। जसमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायत घाइते भएका थिए। डा गोविन्द केसीको माग पूरा गर्न दबाब दिन तरुण दलले प्रदर्शन… विस्तृत समाचार

​देशमा आगो बल्ने सुशीला कार्कीको चेतावनी

काठमाडौं, ५ साउन। पूर्व प्रधानन्याधीश सुशीला कार्कीले देशमा अब आगो बल्ने बताएकी छिन्।    डा गोविन्द केसीका माग पुरा  सरकारले पुरा नगरे देशमा आगो बल्ने उनको भनाई छ। शनिबार बानेश्वरमा डा केसीको पक्षमा आयोजित प्रदर्शन कार्यक्रमको कोणसभामा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन्।  डा केसीको माग कुनै राजनीतिक नभएकाले यसलाई जनताका माग रुपमा लिन उनको आग्रह थियो।  ‘मान्छेले मलाई सरकारको मानो खाएर के बोलेको भन्लान्,’ उनले… विस्तृत समाचार

प्रधानमन्त्री ओलीको लगाव:सांसदमा बढी, संसदमा कम

काठमाडौं , ५ साउन ।  सरकारले स‌ंसद् र सांसदका लागि १२ असारमा दुईवटा कार्यतालिका बनायो। पहिलो, संसदमा हरेक शुक्रबार सरकार र सांसदबीच प्रश्नोत्तर। यसमा प्रधानमन्त्रीले महिनामा दुईपटक र मन्त्रीहरूले दुईपटक सहभागिता जनाउने उल्लेख छ।   अर्को कार्यतालिका छ, नेकपाका सांसद र कार्यकर्तासँग भेटघट। यो हरेक महिनाको १ र १५ मा गर्ने तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख महराको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाटै संसदमा प्रश्नोत्तरको कार्यतालिका… विस्तृत समाचार

​संघीय प्रहरी ऐनको मस्यौदा कानुन मन्त्रालय पुग्यो

काठमाडौं, ४ साउन। संघीय प्रहरी ऐनको मस्यौदा कानुन मन्त्रालयले पुगेको छ। गृह मन्त्रालयले रायका लागि मस्यौदा गत साता कानुन मन्त्रालय पठाएको हो।  मस्यौदामा संघीयतामा दुई थरी प्रहरीको प्रस्ताव गरिएको छ। केन्द्रमा संघीय प्रहरी ऐन तथा प्रदेशमा प्रदेश प्रहरी।  संविधानअुनसार प्रदेश प्रहरी स्वायत्त हुन्छ। प्रदेश प्रहरीलाई सइ पदसम्मको मात्र भर्नाको अधिकार दिइएको छ।  त्यस्तै ३० वर्षे सेवाहद हटाइएको छैन। पदावधि र अवकाशको उमेरहदमा केही सामान्य हेरफेर… विस्तृत समाचार

​स्वास्थ्यमन्त्री यादवले बल्ल मुख खोले

काठमाडौं ।  स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसी अनसनमा बसेको २० दिन बितिसकेको छ । यसैबीच, प्रहरी सुरक्षाकर्मीले अस्पतालमै पसेर चिकित्सक तथा बिरामीमाथि कुटपिट समेत गरे तर मौन रहदै आएका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यावदले शुक्रबार बल्ल मुख खोलेका छन् । उनले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा स्वास्थ्य क्षेत्र सुधार्न निजि क्षेत्रसँग सहकार्य गर्ने प्रष्ट पारेका छन् । ललितपुर ग्वार्कोको बीएण्डबी अस्पतालमा… विस्तृत समाचार

​भारतीय प्रम मोदीविरुद्ध संसदमा अविश्वास प्रस्ताव

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले आज संसदमा दर्ता गराइएको अविश्वासको प्रस्तावको सामना गर्दैछन् । तल्लो सदन लोकसभामा सरकारविरुद्ध तेलगु देशम पार्टी (टीडीपी)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि त्यहाँको छलफल सुरु भएको छ । मोदीको पक्षमा अविश्वासको प्रस्ताव असफल बनाउन स्पष्ट मत पुग्ने भएपनि नैतिकताको कसीमा आज मोदीले आफ्नो काम र पदको बचाउ गर्नुपर्ने अवस्थामा पुगेका छन् । बुधबार संसदको वर्षे सत्रको पहिलो दिन टिडिपीका… विस्तृत समाचार

​देशभरीका यातायात समितिहरु खारेज, सम्पती सरकारको नाममा

काठमाडौं, ४ साउन।  सरकारले देशभरीका यातायात समिति खारेज गरेर सम्पती सरकारीकरण प्रक्रिया अघि बढाएको छ। समितिहरुले उपचार खर्च लगायतका विषयमा तिर्न बाँकी रकम तिर्ने र बाँकी सम्पती सरकारीकरण गर्न लागिएको हो।  गत असार ३१ गते गृह मन्त्रालयमा बसेको बैठकले समितिहरु नवीकरा नगर्ने सम्पती राष्ट्रियकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’, यातायात मन्त्री रघुबीर महासेठ तथा दुवै मन्त्रालयका उच्च अधिकारीहरु सम्मिलित बैठकले… विस्तृत समाचार

नीलकण्ठको नियुक्तिबारे यस्तो छ परराष्ट्र मन्त्रीको जवाफ

काठमाडौं, ४ साउन।  पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको राजदुतमा सिफारिस संविधान अनुसार नै भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।  संविधान नै राम्रोसँग नपढेर सो सिफारिसलाई विवादमा तान्ने प्रयास भएको उनको भनाई छ।  शुक्रबार एक कार्यक्रममा बोल्दै उनले पूर्व प्रमुख निर्वाचन आयुक्तका लागि राजनीतिक पदमा नियुक्तिका लागि बाधा नभएको भनेर संविधानको धारा २ सय ८५ मा प्रष्टसँग लेखिएको बताए। राजदुत नियुक्ति सरकारी पद भएकाले राजदुत… विस्तृत समाचार

​नक्कली कागजातमा किर्ते गरेर सार्वजनिक जग्गा बिक्री

नवलपरासी । एउटा भनाइ छ, ‘मौका पाए मान्छेले चन्द्रमा पनि बेच्छन्’  यस्तै, नवलपरासीको पश्चिम सरावल गाउँपालिका–१ मा एक व्यक्तीले नक्कली कागजातका आधारमा किर्ते गरी सार्वजनिक जग्गा बिक्री गरेका छन् ।  गुल्मी जिल्ला साविकको (जयखानी गाविस–३) का दीपक सुनारले नक्कली कागजातका आधारमा खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान (कब्रिस्थान) रहेको सार्वजनिक जग्गालाई ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो ।  दुई बिगाहा १५ कट्ठा दुई… विस्तृत समाचार

​प्रचण्ड निवास खुमलटारमा पुगिन अमेरिकी राजदूत टेप्लिज

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिज आज विहान नेकपा (नेकपा) अध्यक्ष प्रचण्डसँग भेटवार्ताको लागि ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पुगेकी छिन् । प्रचण्ड निवासमा राजदूत टेप्लिजले आफ्नो कार्याकाल सकिन लागेकाले बिदाई भेटका लागि आएको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।  भेटवार्ताको क्रममा टेप्लिजलाई अध्यक्ष प्रचण्डले भने, ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ अध्यक्षले… विस्तृत समाचार