बजार

​टिभिएस अपाचे आआर–३१० ले बजारमा तरंग

काठमाडौं ।  यस वर्षको नाडा अटो शोमा दुई पाङ्ग्रे सवारी साधनले समते राम्रै बजार तताइरहेका छन् । मोटरसाइकल खरिद नगर्ने ग्राहकहरुले समेत मेलामा सहभागी भई भविष्यमा खरिद गर्ने मोटरसाइकल टेष्ट गर्ने गरेका छन् ।  नाडा अटो शो मा स्पोर्टी बाइक सेगमेन्टमा ३१२ सिसीको इन्जिन जडित टिभिएस अपाचे आआर–३१० जगदम्बा मोटर्सले नेपाली बजारमा भित्राएको छ ।  कम्पनीद्वारा उत्पादित सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० अपाचे सेरिजको… विस्तृत समाचार

​२०० सिसीको हिरो एक्सट्रिम लोकप्रिय बन्दै

काठमाडौं ।  भारतीय कम्पनी हिरो मोटोकर्पले उत्पादन गरेको २०० सिसीको ‘एक्सिट्रिम २०० आर’ तर्फ दुई पाङ्ग्रे चढ्नेहरुले चासो देखाएका छन् । नेपाल जनरल मार्केटिङले नेपालमा आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको हिरोका ब्राण्डहरुमा यस वर्षको नाडा अटो शो मा ‘एक्सिट्रिम २०० आर’ निकै मनपराएको कम्पनीले जनाएको छ ।  पाँच वर्ष वारेन्टी भएको बाइकको जम्मा मूल्य दुई लाख ८६ हजार ५०० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको… विस्तृत समाचार

टोयोटाको गाडी बुक गर्नेलाई बालीदेखि पोखरा टुर प्याकेज

काठमाडौं ।  विश्व चर्चित ब्राण्ड टोयोटाले नेपाली बजारमा आफ्ना उत्पादन प्रवद्र्धन गर्न आकर्षक स्कीम अघि सारेका छ । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस) ले यहि भदौ २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा टोयाटा गाडी बुक गर्नेहरुमध्येबाट इण्डोनेशिया भ्रमणदेखि माउन्टेन फ्याइटको आनन्द समेत दिने भएको छ । भृकुटीमण्डपमा जारी नाडा अटो शो अवधिभरि टोयोटाको हरेक बुकिङ्मा पाँच जोडीको… विस्तृत समाचार

​निगमको एक मात्र बोइङ पनि बिक्री हुँदै

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो एक मात्र बोइङ बेच्ने निश्चित भएको छ । बोइङको मूल्यांकन सकाएसँगै बिक्री गर्ने निश्चित भएको हो । स्वीटजरल्याण्डको फिन्टेक कम्पनीको टोलीले बोइङको मूल्यांकन गरेको हो । निगमले बोइङ छाडेर एयरबस सञ्चालन गर्ने निर्णय गरिसकेको छ । त्यसैअनुसार यसअघि एउटा बोइङ नेपालकै बीबी एयरवेजलाई बिक्री गरेको गरिसकेको छ । तीन दशकअघि अमेरिकी कम्पनी बोइङले नेपालमा डेलिभरी गरेको… विस्तृत समाचार

​नाडा मेलामा पाँच अर्बको कारोबार हुने

काठमाडौं ।  भदौ २६ गतेदेखि सूरु हुने अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको जानकारी दिएको छ । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।  अर्थमन्त्री डा.यूवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने,‘४ महिनामा हुने कारोबार ६ दिनभित्र हुने… विस्तृत समाचार

​चीनका बन्दरगाहमा नेपालको पहुँच सुनिश्चित

काठमाडौं । नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ । राजधानीमा सम्पन्न नेपाल–चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको छ ।  हालसम्म नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको थियो । चीनसँग सहमतिपछि अब तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा गर्दा प्रयोग हुने तेइञ्जिन, सान्झेन, लियानयुगाङ र… विस्तृत समाचार

यामाहाको दशैँ तिहारलाई लक्षित नयाँ ग्राहक योजना

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैँ र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यस्तै, हरेक हप्ता हुने लक्की ड्रमा एकजनाले यामाहा आर ३ जित्न सक्ने जनाइएको छ ।  यामाहा डिभिजनका… विस्तृत समाचार

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको हुन्डाई फेस्टिभ डिलाइट योजना

काठमाडौं । हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट योजना ल्याएको छ । कम्पनीले २१ भदौदेखि २७ कात्तिकसम्मका लागि लागू हुने गरी योजना ल्याएको हो ।   दसैँ–तिहार र छठसमेत पर्ने गरी ल्याइएको योजनामा ग्राहकले आकर्षक नगद छुट र एक वर्ष निःशुल्क बिमा पाउने जनाइएको छ । यसबाहेक स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट, लक्कीड्रमार्फत सयजनालाई १०–१० ग्राम सुन तथा… विस्तृत समाचार

​शेयर बजार लगातार उकालो चढ्दै

काठमाडौं ।  यो साताको सुरुवातदेखि आश्चर्यजनक रुपमा सुधार हुने क्रममा रहेको शेयर कारोबार बुधबार कारोबार बन्द हुँदासम्म पनि बढ्ने क्रम जारी नै छ ।  साताको शुरुवातदेखि सेयर बजार उकालो लाग्ने क्रममा रहेकोमा बुधबार नेप्से २३.८९ अंकले बृद्धि हुँदै एक हजार दुई सय ३४ अंकमा पुगको छ । बैंक तथा वित्तिय संस्थाहरुको शेयर मूल्यमा लगातार बृद्धि भएपछि यो साताको शेयर बजार दिनहुँ हरियो हुन पुगेका छ… विस्तृत समाचार

तीज आउनै लाग्दा बजारमा सुन अभाव

काठमाडौं । सुनको कारोबार हुने मुख्य सिजन तीज आउन अब धेरै दिन बाँकी छैन । तर, बजारमा भने सुनको आभाव हुँदा खरिदकर्ता र व्यवसायीहरु भने मारमा परेका छन् ।  चाडवाडका बेला धेरै माग हुने बस्तुको कालोबजारी गर्ने नेपालका व्यवसायीहरुको पुरानै चलन हो । यस पटक तीजको पूर्वसन्ध्यामा बजारमा सुनको चर्को अभाव देखिएको छ ।  सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियसरत्न शाक्यले बजारमा सुन अभाव भएको बताए… विस्तृत समाचार